चेल्सी तेस्रो स्थानमा उक्लियो: च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै

तस्बिरः एजेन्सी

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। वेस्टह्याम युनाइटेडलाई गएराति २–० ले हराउँदै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको हो।

चेल्सीको जितमा दुबै गोल इडेन हजार्डले गरे।घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हजार्डले पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरे।

खेलको २४औं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएका उनले दोस्रो हाफको अन्त्यतिर गोल गर्दै अग्रता दोब्बर पारी स्पष्ट जित दिलाए।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको केही राम्रा अवसर खेर फालेका थिए।

यो जितसँगै चेल्सीले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई जीवितै राखेको छ। प्रिमियर लिगका शीर्ष चार टोलीले सिधै च्याम्पियन्स लिगमा स्थान बनाउनेछन्।

चेल्सीको ३३ खेलबाट ६६ अंक पुगेको छ। एक खेल कम खेलेको टोटेनहमको ६४ तथा आर्सनलको ६३ तथा म्यानचेस्टर युनाइटेडको ६१ अंक छ।

शीर्षस्थानको लिभरपुलको ८२ तथा म्यानचेसटर सिटीको ८० अंक छ।

 

प्रकाशित मिति: : 2019-04-09 08:46:13

प्रतिकृया दिनुहोस्