यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
मुक्ति गौतम
वनफूलले ढकमक्क रानीवन। घाम, पानी, चिसो, तातो, हुरी, बताससँग लाप्पा खेल्दै हुर्केका थरीथरीका रंगीन फूलका डबकाहरू। चन्द्रमाले जुनेली रातमा सुटुक–सुटुक पठाएका डबका भरीभरी अक्षय चन्द्ररस।
गैरीवनमा सदियौंदेखि हिमाल झैं अटल भएर उभिएका विभिन्न जातका रुखका टोडकामा बनाएका महका घार। घुनुनु घनुनुको सारंगी बजाउँदै आएका मौरीका ताँतीहरू कोई आउँदै छन, कोई रस लिएर जाँदै छन। आफूले कडा परिश्रम गरेर बनाएको मौरीको चाकामा मुखमा चेपेर लगेको एक पित्को रस भरी रहेका छन्, निरन्तर। यसरी अनगन्ती मौरीहरूले लगातार १५ दिन लगाएर बनाएको घारका चाकामा भरी–भरि चन्द्ररस भरे। अब बसेर हाँसी खुसी गर्दै खाने सल्लाह गर्दै थियो।
अचानक अत्याधुनिक हातहतियारले लैस मान्छेहरू यो गैरीवनमा अनन्त कालदेखि धर्तीमा उभिएका यी हेमानका रुखहरू भकाभक ढाल्न थाले। बिचारा मौरीहरू कताको मह कताको चाका आ-आफ्ना घार छाडेर भाग्न थाले। निर्दोष मौरीहरू बिचल्ली परे।
‘मनुवा चरित्र जाने न कोई, जंगल मासी साधु होई।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया