बार्सिलोनाले म्यान्चेस्टर युनाइटेडलाई हरायो

तस्बिरः एजेन्सी

बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा म्यान्चेष्टर युनाइटेडलाई हराएको छ।

लुक शअको आत्मघाती गोलको सहयोगमाबार्सिलोनाले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो।

खेलको १२औं मिनेटमा लुक शअले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो।

कप्तान लियोनेल मेसीको पासमा लुइस सुआरेजको प्रहारलाई गोललाइनबाट रोक्ने प्रयास गर्दा लुकले आत्मघाती गोल गर्न पुगेका थिए। अफसाइड भएको भन्दै सुरूमा उक्त गोललाई मान्यता नदिए पनि भिएआरको सहायतामा पछि मान्यता दिइएको थियो।

बुधबार रातिको खेलमा बार्सिलोनाले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा गोल अन्तर बढेन। म्यानचेस्टर युनाइटेडले पनि गोलका केही राम्रा प्रयास गरेपनि गोल गर्न नसक्दा घरेलु मैदानमा हार व्यहोर्नु पर्‍यो।

यो जितसँगै बार्सिलोनाले खेलमा अग्रता लिएको हो। अब दोस्रो लेग बार्सिलोनको घरेलु मैदानमा आगामी अप्रिल १७ अप्रिलमा हुनेछ।

प्रकाशित मिति: : 2019-04-11 07:27:42

प्रतिकृया दिनुहोस्