शुक्रबार, ११ जुलाई २०२५

वर्षाका कारण भैरहवा र पाेखराबीचको खेल रद्द

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2021-09-26 22:01:00
Photo:EPL/facebook
• • •

एभरेस्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भारी वर्षाको कारण पोखरा र भैरहवाको खेल नतिजा विहीन सकिएको हो। 

पोखराले १० ओभरमा ६५ रन बनाउँदा ७ विकेट गुमाएको थियो। त्यसपछि वर्षा भएकाले खेल रोकिएको थियो। खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक–एक अंक पाएका छन्।

आजै भएको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?