महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्सले भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैठौं जीत दर्ता गरेको छ।
बिहिबार घरेलु टोली राजस्थान रोयल्सलाई अन्तिम बलमा ४ विकेटले हराउँदै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा कायमै रहेको छ।
१५२ रनको लक्ष्य पछ्याएको चेन्नईले अन्तिम बलमा छक्का प्रहार गर्दै ६ विकेट गुमाएर पुरा गर्यो।
जयपुरस्थीत सवाई मानसिंह क्रिकेट स्टेडियममा चेन्नईलाई जिताउन कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ५८ रन बनाए। ४३ बल खेलेका धोनीले ३ छक्कार र २ चौका प्रहार गरे। यस्तै अम्बात्ती रायडुले ४७ बलमा ५७ रन बनाए।
The leader of the pride in all glory with the bat! #Thala for a reason! #WhistlePodu #Yellove
यो पनि ...
१ . 'गठबन्धन सरकार तस्करको चंगुल र कमिसनतन्त्रको जालोमा फसेको छ'
२ . ‘एक्लै हिँड्ने’ गगन र विश्वप्रकाशको ‘१, २, ३, ४’
३ . कलाकारको तिहार योजना: भुवन केसीले काठमाडाैँमै भाइ टीका लगाउने, साेनिकाले बझाङका बाढी पीडितलाई राहत बाड्ने
४ . दशैंको दोस्रो दिनकी देवी– ब्रह्मचारिणी
५ . एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता
प्रकाशित मिति: : 2019-04-12 00:24:55