प्रागमाथि चेल्सीको संघर्षपूर्ण जित

तस्बिरः एजेन्सी

इंग्लिस क्लब चेल्सीले युइएफए युरोपा लिग फुटबलमा स्लाभिया प्रागमाथि संघर्षपूर्ण जित निकालेको छ ।

इडेन इरिना प्राहामा आइतबार राति भएको खेलमा चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागमाथि उसकै मैदानमा १–० को संघर्षपूर्ण जित निकालेको हो।

चेल्सीको जितमा एक मात्र गोल एलान्सोले गरे । खेल सकिन चार मिनेट बाँकी छदाँ विलियनको क्रसमा उनले गोल गर्दै टोलीलाई जिताएका थिए।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसरहरू खेर फालेका थिए।

यो जितसँगै चल्सीले क्वाटरफाइनलको पहिलो लेगमा १–० को अग्रता बनाएको छ। दोस्रो लेग चेल्सीको मैदानस्टामफोर्ड ब्रिजमा मा १९ अप्रिलमा हुनेछ। चेल्सीले यही नतिजालाई यथावत राख्न सकेको सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रागलाई भने निश्चित जित आवश्यक छ।

प्रकाशित मिति: : 2019-04-12 09:11:54

प्रतिकृया दिनुहोस्