विश्वप्रसिद्ध अमेरिकी गल्फर टाइगर उड अमेरिकाको सर्वोच्च सम्मान 'प्रेसिडेन्सियल अवार्ड फर फ्रिडम'बाट सम्मानित भएका छन। उनी सोमबार ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति डोनल्ड ट्र्म्पद्वारा सम्मानित भएका हुन्।
राष्ट्रपति ट्रम्पले टाइगर उडलाई एक महान गल्फरका रूपमा सम्मानित गर्न पाउँदा गर्व लागेको बताउँदै ४३ वर्षिय उडले जीवनमा आरोह अवरोह भोगेको बताए। उडले एक गल्फरका रूपमा अमेरिकी शानलाई सदैव उच्च राखेको बताउँदै उनी साँच्चै नै सम्मानका हकदार रहेको बताए।
टाइगर उडले आफूले जीवनमा उज्यालो अध्यारो दुबै देखेको बताउँदै अध्यारोबाट उज्यालोमा आउन ठुलो संघर्ष गरेको बताए। उनले अब एक असल मानिस भएर बाँकि जीवन बाँचन चाहेको बताउँदै अध्यारोको बेला उज्यालोमा आउँन साथ दिने, सद्भाव राख्ने सबैलाई धन्यवाद दिए।