विश्वकप फुटबल

विश्वकपमा आज : फ्रान्सलाई राेकेर इतिहास रच्ला त माेरोक्काेले ?

Photo:aljazeera
Photo:aljazeera

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलमा आज (बुधबार) फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धमा हुँदैछ। खेल कतारको अलबेट स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ।

विगतका विश्वकप फुटबलका सेमिफाइनमा मूलत: युराेपियन र दक्षिण अमेरिकी राष्ट्रहरुबीच प्रतिस्पर्धा हुने गरेकाेमा पहिलाे पटक आज अफ्रिकी राष्ट्र माेरोक्काे पनि प्रतिस्पर्धा गर्दैछ। आजकाे खेल जितेमा फाइनलमा पुगेर माेरक्काेले अर्काे इतिहास रच्नेछ।

विश्वकप फुटबलमा सेमिफाइनलसम्म आइपुग्दा सबैलाई चकित पारेर मन जितेकाे राष्ट्रकाे रुपमा मोरोक्को उभिएकाे छ। विश्वकप फुटबल सुरु हुनुअघि मोरक्को भन्ने देशले पनि विश्वकप खेल्दैछ भन्ने कुरा सायद कमैलाई मात्र थाहा थियो।

मोरक्को एउटा पहिलो यस्तो अफ्रिकी देश हो, जसले विश्वकप अवधिभर धेरै फ्यान कमाउन सफल भनेकाे छ।

कस्तो छ, मोरक्को विश्वकप फुटबल इतिहास ?

माेरक्काे पहिलाे पटक सन १९८६ मा विश्वकप फुटबलकाे समूह चरण पार गर्न सफल भएकाे थियाे। त्यसयता माेरक्काेले ६ पटक विश्वकप फुटबलमा सहभागी भएकाे छ।

विश्वकपबाहेक सन् १९७६ मा मोरक्कोले पहिलो पटक ३ वटा अन्तर्राष्ट्रिय खेलमा च्याम्पियन बनेकाे थियाे। मोरक्कोले सोही वर्ष अफ्रिकन कप अफ नेसन्स, दुई पटक अफ्रिकी नेसन्स च्याम्पियनसिप र एक पटक फिफा अरब कप जितेको थियो।

यसअघि माेरक्काेले आफ्ना पछिल्ला १६ खेलमा केवल दुई वटा खेल मात्र जितेको थियो। तर, यसपटकको विश्वकपमा मोरक्कोले एउटा इतिहास रचेको छ। मोरक्को विश्वकप फुटबलकाे सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी र अरब राष्ट्र बन्यो।

विश्वकप फुटबल– २०२२ मा इतिहासिक सफलताअघि माेरक्काे संघर्ष

विश्वकप फुटबलमा समूह एफ अन्तर्गत मोरक्कोले दुई खेल जितेर एक खेल बराबरीमा रोकेको थियो। उक्त समूहमा माेरक्काेसँगै बेल्जियम, क्यानडा, क्रोसिया सहभागी थिए।

माेरक्काेले कतारमा समूह चरणअन्तर्गत पहिलाे खेलमा सन २०१८ काे विश्वकप फुटबलकाे उपविजेता राष्ट्र क्राेसियलाई गाेलरहीत बराबरीमा राेकेर सन्ताेषजनक सुरुवात गरेकाे थियाे।

त्यस्तै, दाेस्राे प्रतिस्पर्धामा माेरक्काेले बलियाे मानिएकाे बेल्जियमलाई २–० गाेलअन्तरकाे जित निकालेर स्तब्ध बनाएकाे थियाे। भने, समूह चरणकाे तेस्राे खेलमा क्यानडामाथि सान्दार जित निकाल्दै अघिल्लाे यात्रा सहज बनाएकाे थियाे। समूह चरण पार गर्दा माेरक्काेले लाेभलाग्दाे प्रस्तुति दिएर चाैतर्फी प्रशंसा बटुलेकाे थियाे।

त्यस्तै नकआउट चरणमा मोरक्को विश्वकप विजेता स्पनेलाई ३–० ले गाेलअन्तरले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको थियो। मोरक्को यो सफलता विश्वकभर चर्चा भएको थियो। युरोपको एकदमै बलियो टिमलाई विश्वकपबाट आउट गरेपछि मोरक्कोले विश्वकप जिते जस्तो भएको थियो।

त्यस्तै क्वाटरफनाइनलमा पनि मोरक्कोले पोर्चुगलाई हराएको थियो। उसले विश्वस्टार रोनाल्डोकाे टिमलाई घर फर्काउन सफल भएकाे भयाे। मोरक्कोले पोर्चुगलाई १-० ले हराएको थियो।

अब आज राति हुने खेलमा मोरक्कोले साविक विजेता फ्रान्ससँग खेल्दैछ। यो खेल एकदमै रोचक हुने आंकलन गरिएको छ। विश्वका एकदमै बलियो टिममलाई हराउँदै आएको मोरक्कोले फ्रान्सलाई हराउने त होइन भने धेरैको विश्वास छ।

यता, फ्रान्स फेरि पनि विश्वकपकाे उपाधि उचाल्ने दाउमा छ। यदि मोरक्कोले आज फ्रान्सलाई जितेमा फाइनल खेल अर्जन्टिनासँग हुनेछ।

प्रकाशित मिति: : 2022-12-14 22:10:00

प्रतिकृया दिनुहोस्