चेल्सी निकाल्दै युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।
चेल्सीको जितमा गोलरक्षक किपा आरिजावालगा नायक रहे। उनले दुई पेनाल्टी रोकेपछि इंग्लिस क्लब चेल्सीले जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टमाथि कठिन जित निकाल्दै युरोपा लिग फुटबलको उपाधिनजिक पुगेको हो।
चेल्सीले फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराएको हो। अत्यान्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
त्यसअघि पहिलो लेगको खेल पनि १–१ गोलको बराबरी र समग्रमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
पेनाल्टीमा चेल्सीका गोलरक्षक किपाले दुई पेनाल्टी रोक्दै चेल्सीलाई फाइनलको बाटो देखाए। किपाले फ्रान्कफर्टको मार्टिन हिन्टेरेजर र गान्कलो पासेन्सियाको अन्तिम दुई पेनाल्टी रोकेका थिए।
चेल्सीका सेसरको प्रहार फ्रान्कफर्टका गोलरक्षकले रोकेका थिए।
रोस बार्कली, जगिन्हो, डेभिड लुइज र इडेन हजार्डले गोल गरे। फ्रान्कफर्टका सेवास्टिन हेलर, लुका जेभिक र जोनाथन डि गजमनल गोल गरे।
त्यसअघि घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको २८औं मिनेटमा रूवेन लफटरस चिकको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । ४९औं मिनेटमा लुका जोभिकले बराबरी गोल फर्काउदै खेललाई अतिरिक्त समयसम्म धकेलेका थिए ।
अब चेल्सीको उपाधिका लागि अर्को ईग्लिस क्लब आर्सनलसँग खेल्नेछ।
फाइनल खेल मे २९ मा अजरवैजानको बाकु स्टेडियममा हुँदैछ।