आइपिएल–२०१९ः पुरस्कारमा मात्र बाढियो ५५ करोड रुपैयाँ

तस्वीरः एजेन्सी

सन् २००८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवात हुँदा यसको पुरस्कार राशी थियो, २० करोड भारतीय रुपैयाँ। जसमा विजेता टिमले ४ करोड ८० लाख प्राप्त गरेको थियो।

अहिले आइपिएल सुरु भएको ११ वर्षको अवधि पुरा हुँदा यसको पुरस्कार राशी मात्र होइन, विजेता टिमले पाउने धनराशीमा पनि आकाश जमिनको फरक पर्न थालेको छ। पछिल्लो समय आइपिएलको पुरस्कार राशी ३ सय प्रतिशतले बढेको तथ्याङ्कले बताउँछ।

आइपिएललाई यसै पनि विश्वको सबैभन्दा महंगो क्रिकेट लिग मानिन्छ। आइपिएलको सुरुवाती दिनमा जति यसको पुरस्कार राशी थियो, अहिले विजेता टिम एकलैले त्यति रकम पाउन थालेका छन्।

१२ औं सिजनको आइपिएलअन्तर्गत आइतबार राती सम्पन्न फाइनल खेलमा चेन्नई सुपर किङ्सलाई रोमाञ्चक १ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो। विजेता बापत मुम्बईले २० करोड प्राप्त गरेको थियो।

यस बर्ष आइपिएलको पुरस्कार राशी मात्र ५५ करोड रहेको आयोजकले जानकारी दिएको छ। गत वर्षभन्दा यो ५ करोडले बढी हो। सन् २०१८ मा ५० करोड खर्च भएको थियो।

यसपालि कसले कति पाए?

पर्फेक्ट क्याच अफ दि सिजन– ५० लाख (किरन पोलार्ड)
स्टाइलिस प्लेयर अफ दि सिजन– १० लाख (केएल राहुल)
गेम चेन्जर अफ दि सिजन– १० लाख (राहुल चाहर)
इमर्जिङ प्लेयर अफ दि सिजन– १० लाख (शुभमन गिल)
पर्पल क्याप (बढी विकेट लिने)– १० लाख (इमरान ताहिर)

ओरेन्ज क्याप (बढी रन बनाउने)– १० लाख (डेभिड वार्नर)

मस्ट भ्यालुएवल प्लेयर अफ दि सिजन– १० लाख (आन्द्रे रसेल)

उप–विजेता (चेन्नई सुपर किङ्स)– १२ करोड ५० लाख
विजेता (मुम्बई इन्डियन्स– २० करोड

सुपर स्ट्राइकर अफ दि सिजन– कार र ट्रफी (आन्द्रे रसेल)

फेयर प्ले अवार्ड– ट्रफी (सनराइजर्स हैदराबाद)
छिटो अर्धसतक– १ लाख (हार्दिक पाण्ड्या)
उत्कृष्ट मैदान (७ भन्दा बढी खेल)– ५० लाख (हैदराबाद)
उत्कृष्ट मैदान (७ भन्दा कम खेल)– २५ लाख (पंजाब)

फाइनलमा मात्र पुरस्कार राशी

म्यान अफ दि म्याच– १ लाख (जसप्रीत बुमराह)
सुपर स्ट्राइकर अफ दि म्याच–१ लाख (फाफ डुप्लेसी)
स्टाइलिस प्लेयर अफ दि म्याच– १ लाख (किरन पोलार्ड)
गेम चेन्जर अफ दि म्याच– १ लाख (राहुल चाहर)

प्रकाशित मिति: : 2019-05-13 15:15:19

प्रतिकृया दिनुहोस्