म्यानचेस्टर सिटी लगातार दोस्रो वर्ष उपाधि विजेता

तस्वीरः एजेन्सी

म्यानचेस्टर सिटीले यो सिजनको इंग्लिस प्रिमियर लिग (इपिएल) उपाधि जितेको छ। सिटीले आफ्नो अन्तिम खेलमा ब्राइटनलाई ४–१ गोलले हराउने क्रममा चौथो पल्ट प्रिमियर लिगको उपाधिमा कब्जा जमाएको हो।

सिटीको यो लगातार दोस्रो उपाधि हो। गत वर्ष पनि उपाधि जितेको सिटी १० वर्षको अन्तरालमा उपाधि सुरक्षा गर्ने टिम पनि बनेको छ। सिटी ९८ अंक बटुल्दै विजेता घोषित भयो।

लिभरपुल दोस्रो नम्बरमा पर्यो। यसपालि अन्तिम खेलबाट उपाधिको घोषणा भएको हो। प्रिमियर लिगमा यस्तो घटना आठ पल्ट मात्र भएको छ। यसअघि २०१३–१४ को सिजन अन्तिम खेलबाट उपाधि विजेताको घोषणा भएको थियो। त्यतिबेला पनि उपाधिको दौडमा सिटी र लिभरपुल नै थिए र उपाधि सिटीले नै जितेको थियो।

सिटीका लागि सर्गियो अगुइरो, एमेरिक लापोर्टे, रियाद मेहरेज र इल्के गुन्डोगनले गोल गरेका थिए। सिटीको यो लगातार १४ औं जित थियो।

लिभरपुलले अन्तिम खेलमा वोल्व्सलाई २–० ले हरायो। लिभरपुल ९७ अंकका साथ दोस्रो स्थानमा रहयो। साडियो मानेले लिभरपुलका लागि दुवै गोल गरे।

प्रकाशित मिति: : 2019-05-14 00:36:03

प्रतिकृया दिनुहोस्