नेदरल्यान्ड फुटबलमा रेफ्रिले नै गोल हानेपछि! (भिडियाेसहित)

तस्बिरः एजेन्सी

नेदरल्यान्डको चौथो श्रेणीको फुटबलमा एउटा रोमाञ्चक घटना भएको छ। 

हर्केमेस ब्वाइज र साउर्थन भिजिटर्स होएक क्लबबीच साेमबार भएको एउटा खेलमा रेफ्री मोरिस पारहुइसले ६६ मिनेटमा गोल हानेका छन्।

खेल खेलाउने व्यक्तिले नै गोल हानेपछि डच फुटबलमा एकछिन असमञ्जसको स्थिति बनेको थियो।

यो रोचक घटना हुनुको पछाडि रेफ्रि मोरिस बसेको स्थानलाई बताइएको छ। उनी पारहुइसका खेलाडीसँगै दौडिएर डिबक्स भित्र पुगेका थिए।

होएक क्लबको खेलाडी हानेको आक्रामक सट हर्केमेस क्लबको डिफेन्डरलाई लागेर रेफ्रि मोरिसको खुट्टामा पुगेको थियो।

उनी कन्ट्रोलमा नभएको अवस्थामा बल गोल पोस्ट भित्र प्रवेश गरेको थियो।

सबैभन्दा रोचक पक्ष आफैले हानेको गोललाई रेफ्रिले स्विकार गरेका थिए। उनले गोलको इसारा गरेपछि हर्केमेसका खेलाडीले विरोध गरेका थिए।

हर्केमेस क्लबले रेफ्रिले हानेको यो गोललाई आफ्नो ट्वीटरबाट शेयर गरेको छ। जसमा लेखिएको छ, ‘यस्तो आजसम्म देखिएको थिएन।’

नेदरल्यान्डको अखबार अल्गेमिन डगब्लाडले लेखेको छ, ‘रेफ्रि मैदानमा मृत प्राणी सरह हुने गर्छ। उसलाई गोल गर्ने अनुमति हुँदैन्।’

रेफ्रिको गोलको बाबजुद पनि हर्केमेस ब्वाइजले होएकलाई ४–२ गोलले पराजित गर्यो।

 

प्रकाशित मिति: : 2019-05-27 18:03:28

प्रतिकृया दिनुहोस्