भारतका लागि खुसीको खबरः केदार र विजय फिट

Agency

विश्व कप सुरु हुनुभन्दा पहिले भारतीय क्रिकेट टोलीका लागि खुसी हुने खबर बाहिरिएको छ। टिमका दुई अलराउन्डर विजय शंकर र केदार जाधव पूर्णरुपमा स्वास्थ्य भएका छन्। 

भारतीय टिम यसै साता १५ सदस्यीय टोली बोकेर इंग्ल्यान्ड पुगेको थियो। जसमा यी दुवै खेलाडी समावेश थिए।

केदारलाई इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको खेलमा चोट लागेको थियो। अर्का खेलाडी विजय न्युजिल्यान्डविरूद्ध पहिलो ‘वार्म–अप’ खेल अगाडि नेट प्राक्टिसमा घाइते भएका थिए।

बंगलादेशविरूद्ध ‘वार्म–अप’ खेल अगाडि उनीहरू नेट प्राक्टिसमा देखिएका थिए। विजयले नम्बर ४ मा ब्याटिङका लागि आफ्नो दावेदारी प्रस्तुत गर्ने सम्भावना छ।

भारत आफ्नो पहिलो ‘वार्म–अप’ खेलमा न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएको थियो। यो खेलमा यी दुवै खेलाडी अनुपस्थित थिए।

प्रकाशित मिति: : 2019-05-28 16:26:30

प्रतिकृया दिनुहोस्