यो वर्ष पैसा कमाउने मामिलामा बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले आफ्ना प्रतिद्धन्द्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई उछिनेका छन्।
फोर्बसले मंगलबार सार्वजनिक गरेको २०१९ को सूचिमा मेसी खेल क्षेत्रमा सर्वाधिक रकम जोड्ने खेलाडी बन्न पुगेका छन्।
बार्सिलोनाका स्टार स्ट्राइकरले पछिल्लो १२ महिनामा १२ करोड ७० लाख अमेरिकी डलर कमाई गरेका छन्।
उनले ९ करोड २० लाख तलब र पुरस्कार तथा व्यवसायिक सम्झौताबाट ३ करोड ५० लाख जोडेका हुन्।
युभेन्ट्स स्ट्राइकर रोनाल्डोले यस वर्ष १० करोड ९० लाख अमेरिकी डलर जोडेका छन्। पैसा जोड्ने मामिलामा ब्राजिली स्ट्राइकर नेइमार तेस्रो नम्बरमा छन्। उनको कमाई कूल १० करोड ५० लाख अमेरिकी डलर छ।
मेक्सिको बक्सर कानेलो अल्भारेज चौथो नम्बरमा उक्लेका छन्। उनले यस वर्ष ९ करोड ४० लाख अमेरिकी डलर कमाई गरेका छन्। टेनिस स्टार रोजर फेडरर ९ करोड ३४ लाख कमाई सहित पाँचौ नम्बरमा छन्।
महिलातर्फ अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स मात्र फोर्बसको एक सय खेलाडीको सूचिमा पर्न सफल भएकी छिन्। उनको यस वर्षको कमाई २ करोड ९२ लाख अमेरिकी डलर छ। उनी ६३ औं स्थानमा छिन्।