नेपाली लिग च्याम्पियन मनाङ बङ्गलादेशतर्फ

तस्बिरः बिएल

एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सोमबार बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।

आगामी असार ४ गते बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने खेलमा नेपाली लिग च्याम्पियन मनाङले बङ्गालदेशको लिग च्याम्पियन अबहानी लिमिटेडसँग जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछ ।

यसअघि गत अप्रिलमा नेपालमा नै भएको खेलमा मनाङ अबहानीसँग १–० गोलअन्तरले पराजित भएको थियो। घरेलु मैदानमा पराजित भएको लिग च्याम्पियन मनाङलाई उसैको मैदानमा हराउने सुनौलो अवसर समेत हुनेछ।    

समूह ‘ई’ मा रहेको मनाङले यसअघि खेलेको चार खेलमा दुईमा बराबरी तथा दुई खेलमा पराजित भएको थियो । दुई अङ्क जोडेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ ।  यता अबहानी भने चार खेलबाट सात अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

समान सात अङ्क नै जोडेको भारतको चेन्नायिन गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । त्यस्तैँ मिर्नेर्भा पन्जाव चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2019-06-17 17:04:04

प्रतिकृया दिनुहोस्