टी ट्वान्टी क्रिकेटमा ६ रनमै अल आउट!

तस्बिरः एजेन्सी

टी ट्वान्टी क्रिकेटमा मालीको महिला क्रिकेट टिम मात्र ६ रनमा अल आउट भएको छ ।

महिला क्रिकेटमा सबैभन्दा कम स्कोर बनाएको मालीले आईसीसी मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत महिला टी ट्वान्टी क्रिकेट प्रतियोगितामा रुवान्डासँग मात्र ६ रनमा अलआउट भएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको मालीको महिला क्रिकेट टिम ९ ओभरमा ६ रन बनाउँदै अल आउट भएको हो। उसका १० खेलाडी डक आउट भए।

एक मात्र खेलाडीले १ रन बनाएकी थिइन्। मालीले ९ ओभर ब्याटिङ गर्दा ओपनर मरियम समाकेले १ रन बनाएर आएट भएकी थिइन्।

मालीले थप ५ रन अतिरिक्त बाट लिएको थियो। जसमा २ लेग बाई, २ बाई र १ वाइडमा थियो।

मालीलाई सस्तैमा रोक्न रूवान्डाका लागि जोसियाने न्यारिकुंदिनेजाले एक रन पनि नदिइ ३ विकेट लिएकी थिइन्। लेग स्पिनर मार्केयुरेटीले पनि बिना कुनै रनको क्षति २ विकेट लिँदा फास्ट बलर मैरी बिमेनयिमानाले २ रन खर्चिएर २ विकेट लिइन्। भेरोनिक इरिहोले १ ओभरमा १ मेडन राख्दै १ विकेट लिइन्।

जवाफमा ७ रनको लक्ष्य पछ्याएको रूवान्डा महिला क्रिकेट टोलीले ४ बलमै पुरा गर्‍यो।

अर्थात १ सय १६ बल अगाडि खेल जितेको रूवान्डाले विश्व कीर्तिमानसमेत बनायो।

यसअघि कम स्कोरको कीर्तिमान चीनको नाममा थियो। उसले यूएईविरुद्ध थाइल्याण्डमा भएको टी-२० स्मासमा १४ रन बनाउँदै सर्वाधिक कम रनको कीर्तिमानी बनाएको थियो।

प्रकाशित मिति: : 2019-06-19 08:04:43

प्रतिकृया दिनुहोस्