ब्राजिलमा जारी कोपा अमेरिका फुटबलअन्तर्गत आइतबार भएको खेलमा मेस्सीको अर्जेन्टिना जित निकाल्दै अन्तिम आठमा पुगेको छ ।
समूह बी मा रहेको अर्जेन्टिनाले आमन्त्रित टिम कतारमाथि २–० को जीत निकालेर समूहमा उपविजेता बन्दै क्वार्टरफाइनल यात्रा तय गर्यो। ृ
अर्जेन्टिनाका लागि लौतारो मार्टिनेजले चौथो मिनेटमा र सर्जियो अग्युरोले ८२औँ मिनेटमा गोल गरेका थिए ।
अर्जेन्टिनाले जुन २८ मा भेनेजुयलासँग क्वाटरफाइनल खेल्ने छ। यी दुई टिम समूहचरणमै एकपटक आम्नेसाम्ने भएर १-१ को बराबरी खेलेका थिए ।
१४ पटक कोपा अमेरिका ट्रफि उचालिसकेको अर्जेन्टिना समुह चरणको पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा भेनेजुयलासँग १–१ को बराबरीमा रोकिएको थियो । सुरुका दुई खेलको नतिजाले उसलाई अघिल्लो चरण पुग्न समस्या हुने अवस्था आएको थियो । समूहको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० ले हराएपछि अर्जेन्टिनाको क्वाटरफाइनल यात्रा तय भएको हो । कोलम्बियाको जितमा ३१ औँ मिनेटमा गुस्ताभो कुएलारले गरेको गोल नै निर्णायक बन्यो ।