कोपा-अमेरिका फुटबल : पाराग्वेलाई ट्राइबेकरमा हराउँदै ब्राजिल सेमिफाइनलमा

ब्राजिल र पाराग्वेबीच भएको क्वाटरफाइनल भिडन्त । तस्बिर : इएसपीएन

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको पहिलो क्वाटरफाइनलमा विजयी हुँदै आयोजक ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ ।

उसले पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित र थप गरिएको समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा ब्राजिलले चार गोल गर्न सक्यो भने पाराग्वेले तीन गोल मात्रै गर्यो । ब्राजिलका तर्फबाट फिलिप कोन्टिन्हो, माक्र्विन्होस, विलियन र गाब्रिएल जिससले गोल गरे भने रोबर्टो फिरमिनोको प्रहार पाराग्वेका गोल रक्षकले रोकेका थिए ।

पेनाल्टी सुटआउटमा अभागी ठहरिएको पाराग्वेका आन रोड्रिग्वेज रोजस, ब्रुनो वाल्डेज र मिगुएल अल्मिरोनले गोल गरे भने गुस्तावो गोमेज र डेर्लिस गोन्जालेज गोल गर्न असफल रहे ।

ब्राजिलको समेिफाइनल भिडन्त अर्जेन्टिना र भेनेजुयलाबीच हुने क्वाटरफाइनलको बिजेतासँग हुने छ । 

 

 

प्रकाशित मिति: : 2019-06-28 09:31:40

प्रतिकृया दिनुहोस्