ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा दुई फुटबल पावर हाउस ब्राजिल र अर्जेन्टिना आम्नेसाम्ने हुने भएका छन् ।
अर्जेन्टिनाले दोस्रो क्वाटरफाइनलमा भेनेजुयलालाई २० ले पराजित गर्दै अघिल्लो चरणमा पुगेपछि उनीहरूबीच सेमिफाइनल समिकरण बनेको हो ।
अर्जेन्टिनालाई जिताउन पहिलो हाफमा मार्टिनेज र दोस्रो हालमा सेल्सोले एक एक गोल गरेका थिए । मार्टिनजले १०औं मिनेटमा र सेल्सोले ७४औं मिनेटमा गोल गरेका थिए ।
अर्जेन्टिनी क्याप्टेन मेस्सीको गोल हेर्ने दर्शकको चाहना आज पनि पूरा भएन । तर, पनि अर्जेन्टिना बिजयी भएर सेमिलाइनलमा पुगेकोमा चित्त बुझाए ।
यसअघिको कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिना चिलीसँग स्तब्ध भएको थियो । मेस्सीले पेनाल्टी मिस गर्दा अर्जेन्टिनाले त्यो दुर्भाग्य ब्यहोर्नु परेको थियो ।