सिड्नीमा नेपाली पत्रकार र एनआरएन नेताहरू आम्नेसाम्ने: बीचमा हुनेछ फुटबल !

तयार छ- म्यारिकभिलस्थित खेल मैदान । सबैलाई चुल्हेनिम्तो छ । तस्बिर : एजेन्सी/बीएल ग्राफिक्स

अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली पत्रकार र स्थानीय नेपाली डायस्पोराका अगुवा सामाजिक अभियन्ताबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । 

हरेक वर्ष जुलाई २ मा मनाइने विश्व खेलकुद पत्रकार दिवशको अवसर पारेर खेल आयोजना गर्न लागिएको हो । 

मैत्रीपूर्ण खेल जुन ३० आइतबार विहान ७ बजेदेखि ९ बजेसम्म सिड्नीको म्यारिकभिलस्थित खेल मैदानमा आयोजना हुने छ। 

आयोजनाको संयोजन गरिरहेका पुराना पत्रकार टीका कार्कीले सम्पूर्ण तयारी पूरा भएको बताए । उनले सिड्नीमा क्रियाशील नेपाली पत्रकार र स्थानीय एनआरएन नेता तथा अगवा सामाजिक अभियनत्ाहरूबीचको यो मैत्रीपूर्ण खेल हेर्नका लागि स्थानीय नेपालीलाई चुल्हेनिम्तो गरेको पनि बताए । 

 

प्रकाशित मिति: : 2019-06-29 21:36:24

प्रतिकृया दिनुहोस्