५औँ भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा भाग लिन अध्यक्ष थापा भुटान प्रस्थान

तस्बिरः बिएल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा सहभागी हुन आज भुटानतर्फ प्रस्थान गरेका छन्।
भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गर्ने ५औँ भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
मङ्गलबारदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागी भई यही असार २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष थापाले उक्त प्रतियोगितामा मुलुकको प्रतिष्ठा उचाइमा पु¥याउन आफूले भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए। फुटबलको राष्ट्रिय खेलाडिसमेत रहेका अध्यक्ष थापा यसअघि अलइण्डिया लङ टेनिस एशोसिएशनले भारतमा आयोजना गरेको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रथम भएका थिए।

प्रकाशित मिति: : 2019-07-01 15:03:19

प्रतिकृया दिनुहोस्