विश्व कपमा मौका नपाएका रायडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

Agency

विश्व कपमा भारतीय टिममा स्थान नपाएका मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायडुले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३३ वर्षिय रायडुले

भारतीय क्रिकेट बोर्डलाई चिट्ठी लेख्दै आफूले कुनै पनि फरम्याटको क्रिकेट नखेल्ने जानकारी दिएका छन्।

रायडुलाई विश्व कपको रिजर्भ टोलीमा राखेर युवा अलराउन्डर विजय शंकरलाई मौका दिइएको थियो। शंकरलाई मौका दिने कारण छनोटकर्ताहरूले ब्याटिङ, बलिङ र फिल्डिङ बताएका थिए।

यो घटनापछि विश्व कप हेर्न रायडुले थ्रीडी चश्मा किनेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि इन्डियन प्रिमियर लिगको विषयमा उनले केही बताएका छैनन्।

विश्व कपमा आफूलाई छोडेर ऋषभ पन्त तथा मयंक अग्रवालको छनोटलाई लिएर पनि रायडु दुःखी थिए। विश्व कपमा शिखर धवन र विजय शंकर चोटग्रस्त भएर टिमबाट बाहिरिदा पनि उनले मौका पाएनन्।

रायडुले २०१३ मा एकदिवसीयमा जिम्बावेविरूद्ध डेब्यु गरेका थिए। उनले डेब्युमा ६३ रन बनाएका थिए। उनको अन्तिम एकदिवसीय अस्ट्रेलियाविरूद्ध भएको छ। जसमा उनी २ रनमा आउट भएका थिए।

रायडुले ५५ एकदिवसीयमा १ हजार ६ सय ९४ रन बनाएका छन्, जसमा तीन सतक र १० अर्धसतक छ। उनले टेस्टमा अहिलेसम्म मौका पाएका थिएनन्।

प्रकाशित मिति: : 2019-07-03 15:15:19

प्रतिकृया दिनुहोस्