दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका छन्। उनले शुक्रबार यसको घोषणा गरेका हुन्।
ताहिरले अस्ट्रेलियाविरूद्ध शनिबार खेलिने लिगको अन्तिम खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछन्।
दक्षिण अफ्रिका शनिबार विश्व कपको अन्तिम खेल खेल्दैछ। ४० वर्षीय ताहिरको यो १ सय ७ औं एकदिवसीय हुनेछ। उनले हालसम्म १ सय ७२ विकेट लिएका छन्।
ताहिरले अफ्रिकी टिममा युवाहरूको उपस्थिति बाक्लो भएको हुनाले भविष्य सुन्दर रहेको बताएका छन्। उनले यो विश्व कपमा आफ्नो देशले राम्रो प्रदर्शन गर्न नसकेको दुःख व्यक्त गरे।
ताहिर १२ औं संस्करणको विश्व कपमा स्पिनरको भूमिकामा पहिलो ओभरको बल फ्याँक्ने बलर बनेका छन्।