कोपा अमेरिकामा भ्रष्टाचार भएको भन्दै मेसीद्वारा पदक अस्वीकार, ब्राजिललाई जिताउन रेफ्रीको चलखेल!

Agency

काठमाडौं । कोपा अमेरिकामा तेस्रो भएको अर्जेन्टिनाका कप्तान लिओनल मेसीले प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएका छन्।

गएराति चिलीसँगको खेलमा मेस्सीले ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफको ३७ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका मेसीले खेल सकिएपछि पनि पदक लिन गएनन्।

उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताएका छन् ।

‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने, ‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्नँ। म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु।

उनले ब्राजिलका बारेमा केही बोलेका कारण आज त्यसको प्रतिशोधस्वरूप आफूलाई रातो कार्ड दिएको समेत जिकिर गरे।

‘पछिल्लो पटक ब्राजिलको विरुद्ध जे भनेँ, त्यसको प्रतिशोध लिएका हुन् । त्यो घटनामा पहेँलो कार्ड पर्याप्त थियो,’ उनले भने।

संवाददाताहरुसँग कुरा गर्दै मेसीले कोपा अमेरिकाको फाइनलमा रेफ्री र भिएआरले पेरूलाई स्वच्छ प्रतिस्पर्धा गर्न दिनेमा समेत आशंका जनाए। उनले ब्राजिललाई जिताउन रेफ्री र भिआएर नै लागेको आरोपसमेत लगाए।

मेस्सीले भने- आशा गरौं रेफ्रीहरु र भिआएरले प्रभावित पार्ने छैनन् र पेरुलाई प्रतिस्पर्धा गर्न दिनेछन् । तर मलाई लाग्छ त्यो नहुन सक्छ ।’

कोपा अमेरिकाको फाइनलमा आइतबार ब्राजिल र पेरु भिड्दैछन् ।

अर्जेन्टिना तेस्रो भए पनि अर्जेन्टिनाको जर्सीमा सधैं अभागी रहँदै आएका लियोनल मेसीका लागि यो प्रतियोगिता निकै खल्लो भयो। प्रतियोगितामा उनले एक गोल पनि गर्न सकेनन्।

प्रकाशित मिति: : 2019-07-07 10:09:02

प्रतिकृया दिनुहोस्