इनाम आउट, नेपाल खेलमा फर्कीएला? कतारलाई ५ ओभरमा २३ रन आवश्यक

बिएल

नेपालविरूद्ध खतरनाक बनेका इनाम उल हक ४१ रन बनाउँदै रन आउट भएका छन्। उनी पवेलियन फर्किएपछि नेपाल पुनः खेलमा फर्किने सम्भावना रहेको छ। ३२ बलमा ४ छक्का प्रहार गरेर नेपाली बलरको मनोबल तोडेका इनामलाई दीपेन्द्र ऐरीको थ्रोमा विकेटकिपर विनोद भण्डारीले रन आउट गराएका थिए।

उनी आउट हुँदा कतारलाई विजयका लागि ३६ बलमा २७ रन आवश्यक थियो। कतारले १४ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै १ सय रन पुरा गरेको छ।

अब कतारलाई जितका लागि ५ ओभरमा २३ रन आवश्यक छ र उसँग ४ विकेट बाँकी छ।

प्रकाशित मिति: : 2019-07-23 10:29:20

प्रतिकृया दिनुहोस्