शारीरिक सुगठनका विजयी खेलाडीलाई सम्मान गरिने

बिएल

काठमाडौंमा साउन ४ मा सम्पन्न दक्षिण एसियाली बडिबिल्डिङ एन्ड फिजिक्स च्याम्पियनसिप–२०१९ मा विजयी हुने नेपाली खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ब्यक्तिगत रुपमा सम्मान गर्ने भएका छन्।

संघले विज्ञप्ती जारी गर्दै संघका अध्यक्षको तर्फबाट च्याम्पियनसिपमा स्वर्ण हात पार्ने खेलाडीलाई नगद ५० हजार, रजतलाई नगद ३० हजार र कास्यलाई नगद २० हजार प्रदान गर्ने निर्णय भएको जानकारी गराएको छ।

१८ विधामा प्रतिस्पर्धा गराईएको च्याम्पियनसिपमा नेपालले भारतलाई पछि पार्दै ३ स्वर्ण ७ रजत र ६ कास्य जितेको थियो। टिम च्याम्पियन भने अफगानिस्तान रहेको थियो।

यस्तै थाइल्यान्ड बडिबिल्डिङ एन्ड फिजिक्स स्पोटर्स एसोसिएसनको आयोजनामा साउन ३१ देखि भदौ १ सम्म थाइल्यान्डको बैंककमा हुने एसिया प्यासिफिक बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालले १२ औं दक्षिण एसियाली बडिबिल्डिङ एन्ड फिजिक्स स्पोटर्समा विजयी तीन खेलाडी र एक अफिसियललाई समावेश गराउने निर्णय गरिएको पनि विज्ञप्तीमा जनाईएको छ।

च्याम्पियनसिपमा नेपालका समिर श्रेष्ठले सिनियर तर्फ ६५ केजीमा स्वर्ण हात पारेका थिए। नरेश मुनिकारले १६७ सेमि माथीको पुरुष एथलेटिक्स फिजिकमा तथा मल्लिका शाक्यले महिला मोडल फिजिकमा स्वर्ण हात पारेका थिए। उनीहरुले सोही विधामा स्पर्धा गर्ने नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराए।

साथै भाद्र २६ देखि असोज १ सम्म होहोट सिटी इन्टर मंगोलिया, चीनमा हुने ५३ औं एसियन बडिबिल्डिङ एन्ड फिजिक्स तथा स्पोटर्स च्याम्पियनसिप–२०१९ मा ३ जना, पुरुष स्पोर्ट्स फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्समा ४ जना र पुरुष एथलेटिक्स फिजिक्समा २ जना तथा २ अफिसियल र २ निर्णायक गरी जम्मा १३ जनाले सहभागिता जनाउने संघद्वारा जारी विज्ञप्तीमा जनाईएको छ।

प्रकाशित मिति: : 2019-07-24 15:08:13

प्रतिकृया दिनुहोस्