दुबईमा नेपाली कलाकारसँग रमाउँदै नयाँ वर्षको स्वागत

तस्बिरः बीएल

नेपाली नयाँ वर्ष २०७६को अवसरमा युएईको "दुबई"मा बिशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रा आउँदो शुक्रबार अप्रिल १९ तारिक अपरान्ह १ बजेदेखि दुबईको अल फहिदी मेट्रो नजिक रहेको योर्क इन्टरनेस्नल होटेलमा आयोजना हुने छ।

कार्यक्रममा नेपालबाट चर्चित गायक 'सुगम पोख्रेल, निशान भट्टराई, भरत सिटौला,प्रणिल तिमिल्सिना, गायिका सञ्जना श्रेष्ठका साथै  टेलिशृंखला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ सहभागी हुनेछन् । कार्यक्रममा भारतीय डान्सरको नृत्यसमेत रहने आयोजकले जनाएका छन्। कार्यक्रमको सञ्चालन युएईमै रहेका सञ्चारकर्मी सुबास शर्मा र मोडेल तथा नायिका रक्षा श्रेष्ठले संयुक्तमा गर्ने बताइएको छ।

नयाँ वर्षको अवसरमा प्रवासमा रहेका नेपालीहरु आफ्नै देशका कलाकारहको विभिन्न प्रस्तुति हेरेर रमाउन सकुन् भन्ने हेतुले सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकमध्येका एक रबिन थापा बताउँछन्। कार्यक्रम सफल बनाउँन उनले युएईमा क्रियाशील सम्पुर्ण सामाजिक,राजनितिक, क्षेत्रीयलगायत सबै संघ-संस्था तथा समाजसेवीलाई अपिल पनि गरेका छन्।

प्रकाशित मिति: : 2019-04-15 03:24:41

प्रतिकृया दिनुहोस्