दिगाे
निन्दा नगर तिमी मेरो।
म दलाल हुँ, म भ्रष्ट हुँ।।
तिमीसँग के पो छ र।
किन मेरो पछि लाग्छौ।।
मसँग पद, पैसा, पावर छ।
तिमी मेरो के पो बिगार्छौ।।
त्यसैले म भन्छु।
मेरो पछि किन पो लाग्छौ।।
मैले तिम्रै बारेमा सोचेको हो।
हामी जनता-जनता नभन।।
तिम्रो जीवन सोच र केही गर।
पैसाबिना काम छैन यहाँ।।
म पनि एकदिन तिमीजस्तै थिएँ।
मैले भनेको विचार गर।।
जागिर मैसँग छ, म दिउँला।
भन्छु तिमी मान्दैनौ।।
कति जिद्दी हुन सकेको।
म जस्तै- मेरो बिगत जस्तै।।
मैले तिम्रै लागि सोचेको त हो।
अलि विचार गर है, जीवन छोटो छ।।
तिम्रो बच्चा पनि त छ।
अनि किन सच्चा बन्छौ।।
धिकार्ने छ तिमीलाई।
तिम्रो बच्चाको भविष्यले।।
न राम्रो लाउन दिएका छौ।
न मीठो खान तर पनि ज्ञानी छ।।
एकदिन तिम्रो सबै राष्ट्रप्रेम जाल।
बुझ्ने छ, बन्नेछ, एक सच्चा दलाल।।
भनेको मान है मेरो मेरो प्रिय बिगत।
आऊ सँगै मिलि काम गरौँ।।
भ्रष्ट दलाल बनौँ।
तिमी र म दुवैलाई त हो राम्रो।।
धेरै राष्ट्रवादको नारा नलागाऊ।
एक बिहान, तिम्रो र मेरो लागि।।
चिहान पनि त कुरेर बस्नेछ।
किन तिमी यत्ती मात्तेको।।
तिमी देशभित्र छौ कि।
तिमीभित्र देश।।
मेरो बिगत भनेको मान आऊ।
सँगै मिलि काम गरौँ आऊ, छिटो आऊ।।
(लेखक सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत छन्।)
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया