विष्णु उपरकोटी
जब-जब सत्ताको लिङ्गमा
अहमताको 'कण्डम' प्रयोग हुन थाल्छ,
प्रारम्भ हुन्छ-
- निर्दोष रंगहरू को किनबेच
- सफेद पहिचानको सौदावाजी
- सभ्यताको किर्ते कागजमा हस्ताक्षर
- आदिम साम्यवादको दुर्गन्धित विश्लेषण
- सर्वस्विकार्यताको इँजार थुत्ने इसारा
- अस्तित्व खोजिको आवाज दोहन
र पूर्णविराम लाग्नेछ नियमिततामा क्रमभङ्गताको शृङ्खलामा।
हुनेछैन-
- हारमा मृत्यु भएका सब/लासहरू को गणना
- जितमा पोखिएका रणनीतिका समतामूलक समिक्षा
काटिनेछन्-
- विरोधका रीलहरू
- बौद्धिक ध्वनिका अवयबहरू
- नलटपटिने जिब्रोहरू
- देशको नक्सा कोर्ने हातहरू
- देशको अनुहारसँग मेल खाने कुर्कुचाहरू
- बाङ्गिएका ढाडहरू
-निर्दोष-निर्दोष आलेखहरू
जल्नेछन्-
-सर्वहाराका पुस्तकहरू
-सिमान्तकृत वर्गका लेखोटहरू
-जनजाति अस्तित्वका पानाहरू
-इतर जातिका शासनका शिलाहरू
-आवाज आउने वस्तुहरू
-पृथक देख्ने आँखाहरू
केवल बाँकी रहनेछन् -
- हातका पञ्जा र स्तनको आकार नाप्ने अवधारणा
- अहंकारी दृष्टिकोणका आयतन
- गुलाम बगैंचाका हिंस्रक जनावर
- रगतैरगतले पोतिएका सामन्तवादी सिद्धान्त
- सर्वहाराका पसिना गन्हाउने लागुपदार्थको सेवन गर्ने प्रथा
- वर्गीय आसमानतामा शान्ति देख्ने/हेर्ने प्रतिउत्पादक एक जोडी आँखा
-ढाडमा टेकेर शिरमा प्रहार गर्ने यन्त्र
त्यसकारण-
भोकको दर्शनसँग साटिने छ देवत्वकरणको उत्तेजना।
तर-
सत्ताको लिङ्गले छोएको हुनेछैन
वास्तविक समस्यको यौनी।
मिलन हुनेछैनन् समाधानका 'क्रोमोजम'हरू।
त्यसैले-
अबको एक सताब्दी कण्डमको बहुराष्ट्रिय कम्पनीको
इसारामा हिँड्छ हाम्रो अर्ग्यानिक पैताला !
किनकि-
सत्ताको दीर्घकालीन लिङ्ग अहमताको
कण्डम प्रयोगसँग सम्झौता भएको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया