कविता

सत्ताको 'लिङ्ग' मा अहमताको 'कण्डम' !

जब-जब सत्ताको लिङ्गमा
अहमताको 'कण्डम' प्रयोग हुन थाल्छ,

प्रारम्भ हुन्छ-
- निर्दोष रंगहरू को किनबेच 
- सफेद पहिचानको सौदावाजी
- सभ्यताको किर्ते कागजमा हस्ताक्षर 
- आदिम साम्यवादको दुर्गन्धित विश्लेषण 
- सर्वस्विकार्यताको इँजार थुत्ने इसारा
- अस्तित्व खोजिको आवाज दोहन 

र पूर्णविराम लाग्नेछ नियमिततामा क्रमभङ्गताको शृङ्खलामा।

हुनेछैन-
- हारमा मृत्यु भएका सब/लासहरू को गणना
- जितमा पोखिएका रणनीतिका समतामूलक समिक्षा 

काटिनेछन्-
- विरोधका रीलहरू
- बौद्धिक ध्वनिका अवयबहरू
- नलटपटिने जिब्रोहरू
- देशको नक्सा कोर्ने हातहरू
- देशको अनुहारसँग मेल खाने कुर्कुचाहरू
- बाङ्गिएका ढाडहरू
-निर्दोष-निर्दोष आलेखहरू

जल्नेछन्-
-सर्वहाराका पुस्तकहरू
-सिमान्तकृत वर्गका लेखोटहरू
-जनजाति अस्तित्वका पानाहरू
-इतर जातिका शासनका शिलाहरू 
-आवाज आउने वस्तुहरू
-पृथक देख्ने आँखाहरू

केवल बाँकी रहनेछन् -
- हातका पञ्जा र स्तनको आकार नाप्ने अवधारणा 
- अहंकारी दृष्टिकोणका आयतन 
- गुलाम बगैंचाका हिंस्रक जनावर 
- रगतैरगतले पोतिएका सामन्तवादी सिद्धान्त 
- सर्वहाराका पसिना गन्हाउने लागुपदार्थको सेवन गर्ने प्रथा
- वर्गीय आसमानतामा शान्ति देख्ने/हेर्ने प्रतिउत्पादक एक जोडी आँखा 
-ढाडमा टेकेर शिरमा प्रहार गर्ने यन्त्र

त्यसकारण-

भोकको दर्शनसँग साटिने छ देवत्वकरणको उत्तेजना।

तर-
सत्ताको लिङ्गले छोएको हुनेछैन 
वास्तविक समस्यको यौनी।
मिलन हुनेछैनन् समाधानका 'क्रोमोजम'हरू।

त्यसैले-
अबको एक सताब्दी कण्डमको बहुराष्ट्रिय कम्पनीको
इसारामा हिँड्छ हाम्रो अर्ग्यानिक पैताला !

किनकि-
सत्ताको दीर्घकालीन लिङ्ग अहमताको
कण्डम प्रयोगसँग सम्झौता भएको छ।

प्रकाशित मिति: : 2021-05-04 11:02:00

प्रतिकृया दिनुहोस्