चलचित्र बजारमा ‘यो मात चढेको साँझमा’ (भिडियोसहित )

चलचित्र जाइरामा 'हट अवतार' पस्किदै तनुजा गुरूङ - ‘यो मात चढेको साँझमा’ ! तस्बिर सौजन्य : जाइरा ।

नेपाली चलचित्र पछिल्लो समय एउटा कमोडिटीभन्दा बढी केही रहेन । अपवादलाई छोडेर,  जे बिक्छ सर्जक ठान्ने व्यापारीहरूले त्यही बेच्छन् । पुरानाहरूले पनि बेच्छन्, नयाँहरूले पनि बेच्छन्, ब्राण्डेड भनिनेहरूले बेच्छन्, लोकलहरूले पनि बेच्छन् । 

त्यसमा पनि उनीहरूले बेच्न राखेको मेनुमा सबैभन्दा माथि हुन्छ- नारीको हट अवतार । जे गर्दा हट अवतार प्रस्तुत गर्न सकिन्छ, त्यो गर्न र गराउन दुबै पार्टी राजी छन् । त्यसका लागि सर्त हो- चर्चा र पैसा । चर्चामा आउँन र पैसा कमाउन हट हुनेहरू पनि बजारमा छन्, हट बनाउनेहरू पनि बजारमा छन् । बजारमा नहुँदा छिमेकी मुलुकबाट पर्न स्टार सनी लियोनीको हट अवतार पस्कन पनि यी फौबन्जारहरू तयार छन् । 

चलचित्रमा छाडा गर्न पाइने एउटा ठाउँ हुन्छ - आइटम नम्बर । यो नम्बरमा जे गरे पनि हुन्छ, जता र जसरी डायल गरे पनि लाग्ने नम्बर भनको हट अवतारमै हो ।

प्रसंग चलचित्र जाइराको आयटम नम्बरको हो । यसमा चलचित्र ‘मनको बाँध’ को ‘यो मात चढेको साँझमा’ बोलको गीत रिमिक्स भर्सनमा छ। यसको ओरिजिनल भर्सनमा मिरा राणाको स्वर छ । गीत किरण खरेलको हो भने संगीत शिवशंकरको हो । नयाँ भर्सनमा मिना निरौलाले स्वर दिएकी छिन् भने फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन् । 

गीत र यसका सर्जकहरूप्रति सम्मान गर्न यो गीत जाइरामा राखिएको हैन । यो गीतलाई आइटम नम्बर बनाएर उखरमाउलो 'हट अवतार' पस्किदा चलचित्र चलेर पैसा कमाउन सकिन्छ कि भनेर नै यो सबै गरिएको हो । 

आइटम नम्बरमा तनुजा गुरुङले जे जति देखाउन सक्थिन् हट अवतार देखाइ दिएकी छिन् । यो हट अवतारलाई अश्लील नै त भन्न सकिन्न तर किन चाहिन्छ चलचित्रमा यस्ता हट अवतार ? यसका ब्यापारी र  सामान दुबैलाई राम्ररी थाहा छ । तैपनि हामी भने चलचित्र कल्चरल कमोडिटी भनेर मज्जाले मार्केटिङ एजेन्ट भैरहेकै छौं । 

यहाँ क्लिक गर्नुहोस् र चढाउँनुहोस् मात साँझमा । 

 

https://www.youtube.com/watch?v=zixLuNQ4Lo0

 

 

प्रकाशित मिति: : 2019-07-28 03:57:36

प्रतिकृया दिनुहोस्