नेपाली चलचित्रमा तन, मन र धन सबै भएकी नायिकामा पर्छिन् प्रियंका कार्की ।
उनी बिन्दास स्वभावकी छिन् । त्यसैले उनी स्विमिङ पुलमा पौडी खेल्न कम र फोटो सुट गर्न बढी जान्छिन् ।अझ गजब त के हो भने उनी आफैं ती तस्बिरहरू ट्रायल बलुन पनि गर्छिन् ।
तस्विर हेरेर उनका शुभचिन्तक र अल्लारेहरूलाई रमाइलो लाग्छ । सामाजिक सञ्जालमा भाइरल हुन्छन् । यदाकदा ट्रोल भइन् भने उनका फ्यानहरू जाइ लागिहाल्छन्- 'यो उनको निजी जिन्दगी हो ।' अझ तर्क गर्छन्- 'स्विमिङ पुलमा स्विमिङ कस्ट्युम लगाएर नगए के गुन्यू-चोलो लगाएर जाने त ?'
कुरा ठीकै हो । तर, स्विमिङ पुलमा त पौडी खेल्न जाने होला नि त फोटो सुट गर्न त हैन होला । कि स्विमिङ पुलको अर्थ हिजोआज फोटो स्टुडियो लाग्छ ? यस्तो प्रश्न गर्यो भने उनीहरूलाई जायज लाग्दैन । अनि उनीहरू भन्न थाल्छन्- गरिखाएको नसहेको ।
प्रश्न गरिखाएको सहेको/नसहेको भन्ने हैन । राष्ट्रको गहना भनेर नाक फुलाउनेहरूले राष्ट्रिय चरित्र पनि बोक्नुपर्छ भन्ने चाँहि हो । नेपालको राष्ट्रिय चरित्र भनेको स्विमिङ पूलमा गएर टु पीसमा फोटो सुट गर्ने त हैन होला ।
जव मिडियामा यस्तो कुरा आउँछ । फ्यानहरू भन्छन्- 'मिडियाको काम यो हो र ?' हो, मिडियाको काम यो मात्र हैन तर यो पनि हो- एजेन्डा सेटिङ । राज्यको चौथो अंगको सदस्य हुनुको अर्थ उसको समाजप्रतिको जिम्मेवारी पनि हुन्छ । त्यसैले उसले चाहेर पनि स्विमिङ पूलमा गएर फोटो खिच्ने अनि फोटो स्टुडियोमा गएर पौडी खेल्ने कुराको पैरवी गर्न सक्दैन ।
रह्यो, निजी र सार्वजनिक जीवनको कुरा । यी दुबै जोडिएर मानिसको पूर्ण जीवन बन्ने हो । त्यसमा के हुन्छ भने सार्वजनिक जीवन भएका पब्लिक फिगरको निजी जीवन कम र सार्वजनिक जीवन बढी हुन्छ जबकि सामान्य मानिसको निजी जीवन धेरै र सार्वजनिक जीवन कम हुन्छ । हुन त यो समाजसापेक्ष पनि हुन्छ ।
त्यसैले नायिका प्रियंकालाई स्विमिङ पूलमा गएर पौडी खेल्ने हो फोटो सुट गर्ने हैन भनेर नै सम्झाउनु पर्छ । यदाकदा रिल लाइफमा त्यस्तो भए पनि रियल लाइफमा त्यसो नगर्न नै प्रोत्साहित गर्नुपर्छ । यदि त्यसो गरिएन भने भोलि मानिसहरू स्विमिङ पूलमा फोटो सुट गर्न र फोटो स्टुडियोमा पौडी खेल्न जान थाल्छन् । अनि के गर्ने ? त्यस्तो बहुलठ्ठी समाजको रमिते भएर बस्ने ?
यो पेजथ्री जर्नालिज्म हैन, पत्रकारिताको वाच डग भूमिका बहन गर्ने प्रयास मात्र हो ।