ऋतिक रोशन अभिनित ‘सुपर–३०’ फिल्मले मुम्बईमा पनि कर तिर्नु नपर्ने भएको छ। राजधानी नयाँ दिल्ली, बिहार, उत्तर प्रदेश, राजस्थान र गुजरातपछि मुम्बई सरकारले पनि ऋतिकको यो फिल्मलाई ‘ट्याक्स फ्रि’ गर्ने निर्णय गरेको छ।
फिल्मका आलोचक कोमल नहटाले मंगलबार ट्वीट गरेर यसको जानकारी दिएका हुन्। बिहारका एक गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित यो फिल्मले अब भारतको ६ राज्यमा कर तिर्नु नपर्ने भएको हो।
फिल्मले हालसम्म १ सय २७ दशमलव ३२ करोडको आम्दानी गरिसकेको छ। यो सातासम्म फिल्मको कमाईं १ सय ५० करोडको वरिपरि पुग्ने सम्भावना रहेको छ।
‘सुपर–३०’ १२ जुलाईमा रिलिज भएको हो।