दीपिका र रणबीर लगायत बलिउड स्टारलाई ड्रग्स लिएको मुद्धा

Agency

बलिउडका चर्चित निर्माता–निर्देशक करण जौहरको एउटा पार्टीमा ड्रग्स प्रयोग गरेको आरोपमा भारतीय कलाकार दीपिका पादुकोण, शाहिद कपुर, रणबीर कपुर र अर्जुन कपुरसहित अन्यविरूद्ध मुम्बई पुलिसमा उजुरी परेको छ।

सांसद मनजिन्दर सिरसाले नारकोटिक्स र साइकोट्रोपिक पदार्थविरूद्ध १९८५ मा बनेको कानुनको ब्याख्या गर्दै बलिउडका चर्चित हस्तीहरू विरूद्ध मुद्धा दायर गरेका हुन्।

सिरसा शिरोमणि अकाली दलबाट सांसद छन्। उनले आफ्नो सोशल मिडियामा २८ जुलाईमा करण जौहरको घरमा भएको पार्टीमा ड्रग्सको उपयोग भएको बताउँदै मुम्बई पुलिस प्रमुखलाई लेखेको चिट्ठी पोस्ट गरेका छन्।

उनको पोस्ट ट्रोल पनि भएको छ। मनजिन्दरले ड्रग्सविरूद्धको लडाईमा आफू पछि नहट्ने बताएका छन्। उनले कल्पनाको दुनियामा हिरो–हिराइन भएपनि वास्तविक जीवनमा बलिउड स्टारहरूले गलत चिजलाई प्रमोट गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2019-08-02 15:34:02

प्रतिकृया दिनुहोस्