घाँटीभन्दा तल राम्री नै छे फेमकी मोडल रिमा विश्वकर्मा चर्चामा छन् । सामाजिक सञ्जाल होस् वा युट्युव कतै उनी भाइरल छिन्, कतै ट्रेन्ढिङ छिन् कतै ट्रोल भैरहेकी छिन् । तर, पनि उनी बोेलेकी छैनन् ।
पत्रकारिता पढेकी , टेलिभिजन पत्रकारिता गरेकी अनि चलचित्रमा नायिका समेत भएकी रिमा किन मुख खोलिरहेकी छैनन् त ?
एकजना उनका शुभचिन्तकले भने- घाँटीभन्दा तल राम्री नै छे जस्तो गीतकी मोडल भएपछि बोलिसक्नु भयो र ?
यो पनि हेर्नुहोस्
अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण
उनले बोल्ने बित्तिकै कमिलाको गोलो खनिएजस्तै हजार मानिस बोल्न थाल्छन् । उनीसँग आफ्नो रक्षा गर्ने कुनै हतियार नै छैन । कि भन्न सक्नुपर्यो- हो म घाँटीभन्दा तल त राम्री छु ।
त्यसपछि फेरि प्रश्न आउँछ- घाँटीभन्दा माथि चाँहि कस्ती छौ ? त्यसको उत्तर के दिने ? उनीसँग उत्तर नै छ ।
उनका अर्का एजना शुभचिन्तकले भने- साथीका ब्यायफ्रेण्डले डुबाए । उनका अनुसार यो गीत गाउँने आर्जन पाण्डे रिमाकी बेस्टी केकी अधिकारीका ब्यायफ्रेण्ड हुन् । बेस्टीका ब्यायफ्रेण्डका लागि मोडल बन्न उनले गीतमा के कस्तो वर्णन गरिएको छ भन्ने नै बुझिनन् ।
यो पनि हेर्नुहोस्
उनले अरू पनि थपे- धेरै मान्छेले पैसाका लागि उनले जे पनि गरेको भने । तर, वेस्टीका ब्यायफ्रेण्डले पैसा दिने कुरै भएन । शायद उनले यसबाट एक पैसा पनि पाइनन् होला । केही उपहार चाँहि पाइन् कि ?
नेपालमा यस्तो काम पुरूषले गरेको भए महिला अधिकारकर्मीले उधुम मच्चाइसकेका हुन्थे । तर, एउटी महिलाले नै गरेकाले कसैले मुख खोल्न आवश्यक नै ठानेनन् । यसका गायकका बारेमा बोल्दा रिमा तानिने भएकाले होला, पाण्डेका बारेमा पनि केही बोलेका छैनन् ।
यो पनि हेर्नुहोस्
यो चर्चाले रिमालाई तत्कालका लागि भने निक्कै घाटा पुर्याएको छ । तर, नौ दिनमा नौलो र बीस दिनमा बिर्स्यो हुने नेपली समाजमा केही समयपछि हाँस्यकलाकार दीपकराज गिरिले भनेजस्तै 'नाइटोभन्दा तल त राम्रै छे' भन्ने गीतको सिक्वेलमा मोडलिङ गर्न आइन् भने पनि अचम्मचाँहि मान्नु पर्दैन ।