‘प्याब्सन आँगन’मा सिरिष्मा, निशान उत्कृष्ट

बिएल

विराटनगरमा शुक्रबार सम्पन्न ‘प्याब्सन आँगन’ प्रतियोगितामा सिरिष्मा काफ्ले र निशान राई उत्कृष्ट बनेका छन्।

गायन प्रतियोगितामा विराटनगरस्थित एभरेष्ट स्कुलकी काफ्ले प्रथम भइन्। नृत्यमा सगरमाथा स्कुलका राई प्रथम भए। ‘प्याब्सन आँगन’को फाइलनमा काफ्ले र राईले नौ–नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँको साथै ट्रफ्री र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगतामा अन्यलाई उपविजेता घोषित गरियो। नृत्यमा संस्कृति दाहाल, चिरान्सु शर्मा, सौमिका ढकाल, इशान श्रीपाली, मानस्वी खनाल, टिना थापामगर, खुसी बज्राचार्य, लावन्ता सुब्बा, र ईक्षा सुब्बालाई सान्त्वना घोषित गरियो।

याे पनि पढ्नुहाेस।

चर्चित नेपाली पप गायक नोर्देन तेन्जिङ रहेनन्, बेलायतमा निधन

नेपाली भाषालाई माया गर्ने भूपेनलाई ‘भारत रत्न’

गायनतर्फ प्राप्ती भट्टराई, सहिमा भुजेल, नेहारिका खनाल, प्रज्ञान तामाङ, अनुभव तिमल्सिना, अनुराग प्रधान, नवीन पौडेल, चुली सिंह र सुमिका सरदार सान्त्वना भए।

‘सधैंका लागि, सबैको लागि, राष्ट्रको शिक्षा, कलाका लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मूल नाराका साथ प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको फाइनलमा नृत्य र गायनमा १०÷१० जना पुगेका थिए। विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले भाग लिएका थिए। तीन चरणको अडिसन राउण्ड पूरा गरेपछि प्रतियोगीहरु फाइनलमा पुगेका हुन्।

प्रतियोगिताको नृत्यतर्फको निर्णायकहरूमा गजित विष्ट, चन्द्र तामाङ र राजेश घिसिङ रहेका थिए। गायनतर्फ महेन्द्र प्रेम श्रेठ,जेवी थुलुङ्ग रहेका थिए। उनीहरुलाई व्याब्सन केन्द्रीय सल्लाहाकार आशिष श्रेष्ठ, व्याब्सन केन्द्रीय सदस्य बासुदेव न्यौपाने, व्याब्सन पूर्व केन्द्रीय सदस्य सावित्री पराजुली, व्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे।

याे पनि पढ्नुहाेस।

२९ वर्षमा ५ हजार गीत गाएर पूर्ण भएकी पूर्णकला

 

प्रकाशित मिति: : 2019-08-10 16:32:18

प्रतिकृया दिनुहोस्