यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध सांगीतिक समूह लेकाली-परिवारको प्रस्तुति हुने भएको छ ।
यसका निम्तिलामो समयदेखि सामूहिक प्रस्तुतिबाट टाढा बसेका लेकालीका तीन सदस्यहरू नेपालयको ‘आर’शालामा जुटेका छन्।
झण्डै आधा शताब्दीपहिलेका दिनहरू सम्झँदै गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ एक-अर्काको स्वरमा स्वर मिलाइरहेका छन् ।
लेकाली-परिवार वि.सं. २०२४ सालमा स्थापना भएको सांगीतिक समूह हो।
भोजपुरका दुई युवा गणेश रसिक र हिरण्य भोजपुरेकोपरिचय काठमाण्डौ आएपछि मात्र भएको हुन्छ ।
याे पनि हेर्नुहाेस।
संगीतको रुचिले उनीहरूको सम्बन्धलाई बिस्तारै नजिक बनाउँदै लान्छ । शुरुमा‘राल्फा-परिवार’मा सक्रिय रहेका गणेश रसिक ‘राल्फा’बाट भरखरै बहिरिएका हुन्छन् ।
सामुहिक संगतले अघि बढ्ने सांगीतिक कला कर्मको मोहमा परेका ती युवाहरू अभावकै बीचमा पनि नयाँ सांगीितक गोरेटो कोर्ने प्रयत्नमा हुन्छन् ।
उर्मिला श्रेष्ठ काठमाण्डौत्यौड टोलकी स्थानीय बासिन्दा हुन्छिन् । उनकै पुर्ख्यौली घर परिवार ती युवाहरूको जमघट थलो हुन्छ र त्यहीँ जन्मन्छ ‘लेकाली-परिवार’ ।
लेकालीमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीन किशोरहरू पनि संलग्न हुन्छन् ।
वि.सं. २०२५ सालको अन्तिमतिर लेकाली-परिवारले महेन्द्र पुलिस क्लबमा ‘छहाराको गीत’ शीर्षक दिएर आफ्नो औपचारिक शुरुवात गरेकोथियो ।
कार्यक्रममा गाइएका ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’ ‘ए है है’, ‘काफल पाक्यो’, गीतहरूले निक्कै चर्चा कमाएका थिए ।
त्यही कार्यक्रमबाट लेकालीले आफ्नो छुट्टै पहिचान स्थापना गर्न थालेको हो ।
सोही कार्यक्रमको चर्चापछि लेकालीलाई रेडियो नेपालको द्वारपनि पहिलेको भन्दा खुकुलो हुन थाल्छ । यिनीहरूका गीत देशैभरि गुन्जन थाल्छन् ।
लेकालीले पनि ‘राल्फा’ले झैँ आधुनिक, प्रयोगवादी र लोक आधारित गीतहरू सृजना गर्ने गरेका हुन्छन् ।
याे पनि हेर्नुहाेस।
लेकालीले पूर्वी पाहाडको लोक शैलीलाई आधार बनाएर बनाएका गीतहरू झण्डैलोकगीतकै रुपमा स्थापित हुन थाल्छन् ।
गणेश रसिकले बनाएको ‘रातो भाले’ र हिरण्य भोजपुरेले बनाएको ‘झाँक्री गीत’लाई कतिपयलेअहिले पनि लोकगीत नै सम्झन्छन् तर त्यस्ता गीतहरू लोकशैलीमा सृजनाभएका मौलिक गीत नै थिए ।
विगतको सृजनाकर्मको दिनहरू सम्झाउँदा गणेश रसिक भन्छन्- ‘हामी गोठाले जीवन बिताएका मान्छे; राजधानी टेकेपछि तिनै गोठालेशब्दहरूलाई भाकामा गाइयो; सुन्नेले लोकगीतकै दर्जा दिए ।‘
लामो समयपछि लेकालीको नाममा फेरि मञ्चमा उपस्थित हुन पाउँदा उत्साहित बनेकी उर्मिला श्रेष्ठ भोजपुरे र रसिकतर्फ इसारा गर्दैथप्छिन्- ‘उहाँहरूले बनाएका गीतहरूले लोकगीतकै स्तरमा लोकप्रियता हासिल गर्नुमा ती गीतभित्र रहेको सामाजिक यथार्थताको चित्रणलेगर्दा हो जस्तो लाग्छ ।‘
परिचित हाँस्यशैलीमा हिरण्य भोजपुरे थप्छन्- ‘यो उमेरमा आएर हामीले रचेका गीतको चर्चा गर्नुभन्दा पनि पलेँटीमा गाउने बेलामातिनका हरफ सम्झनै मुस्किल होला जस्तो भइसक्यो याहाँ ! कागज नै हेर्नु पर्ने अवस्थामा पुगिसक्यो हाम्रो सम्झना शक्ति ! तरहामीलाई नाम र पहिचान भने यिनै गीतले दिएका हुन् है !’
उबेला लेकालीमा संलग्न रहेका कति जना कलाकारले संसारबाट बिदा लिइसके । कति विदेशमा छन् । कति वृद्ध र अशक्त भइसके ।
आउँदो पलेँटीमा भोजपुरे, रसिक र उर्मिलाले विगतका तिनै सहयात्रीहरू सँगको संगतलाई सम्झना गर्नेछन् । गीत गुञ्जाउने छन् ।
‘हामीसँग कुनै बेला सहयात्री कलाकारहरूको लामो लस्कर हुने गर्थ्यो तर समयले धेरै कोल्टे फेरिसक्यो अहिले हामी तीनजनामात्र स्टेजमानिस्कँदै छौं ।
सांगीतिक कार्यक्रम हुनेबेला त उहिले पनि उत्साह हुन्थ्यो अहिले पनि छ । पलेँटीको माहोलसँग परिचित भएकोले झन्उत्साह थपिएको छ ।‘ भोजपुरे भन्दै थिए ।
‘लेकाली हाम्रो आरम्भ थियो । यात्रामा कति काम गर्न छुटेका हुन्छन्; कति बिटमार्न । अब हामी हाम्रा सृजनात्मक कर्महरूलाई बिटमार्दैछौं कि जस्तो लाग्छ ।
याे पनि हेर्नुहाेस।