बिश्वकर्मा पुजा नजिकिदैँ जाँदा तराईका मूर्तिकारहरू उत्साहित भएका छन्। यस पालिको विश्वकर्मा पुजा असोज १ मा परेको छ। यो दिन ग्यारेज, उधोग तथा कलकारखानामा विशेष पुजा गर्ने प्रचलन छ।
तराई क्षेत्रमा विश्वकर्मा पुजा धुमधामसँग मनाउन मूर्ति बनाउने प्रचलन पनि उत्तिकै छ। यसै सन्दर्भमा सीमावर्ती क्षेत्रका युवा कलाकारहरू मूर्ति बनाउन व्यस्त हुन थालेका छन्।
तराईका जिल्लामा पराल, माटो र बाँसबाट कलात्मक तरिकाले विश्वकर्माको मूर्ति बनाउने चलन छ। यसबाट हुने कमाईले कलाकारहरू लामो समय घरखर्च टार्ने गर्दछन्।
नेपालको सीमावर्ती क्षेत्रमा मूर्तिको खपत अत्याधिक हुने कारण भारतबाट समेत कलाकारहरू नेपाल आउने गर्छन्। उनीहरू साउनको पहिलो साताबाटै नेपाल आउने र भाडामा घर लिएर दुई महिना बसोबास गर्ने गर्छन्।
याे पनि पढ्नुहाेस।
उनीहरूले दुई महिनाको अवधिमा ४० देखि ८० हजारसम्म आय आर्जन गर्छन्।
कलाकारहरूले पराललाई डोरीले बाँधेर हात, खुट्टा र शरीरको आकृति बनाउने र त्यसलाई चिम्टाईलो माटोले लिप्ने गर्छन्।
यसरी निर्माण गरिएको मूर्तिलाई घाममा सुकाउने र विभिन्न रंग रोगन गरी बिक्री वितरण गर्ने गरेको पाइन्छ।
भारतबाट आएका एक कलाकार १० बर्षदेखि आफू यस विधामा लागेको बताउँछन्। उनी नेपालमा राम्रो कमाई हुने कारण आफू चाँडपर्वमा नेपाल आउने गरेको बताउँछन्। सिश्वानी जहदा–४ का विजय मण्डल एउटा मूर्ति बराबर १५ सय रुपैयाँ प्रतिगोटा देखि १० हजार सम्म लिने गरेको बताउँछन्।
याे पनि हेर्नुहाेस।