बाहुबलीका हिरो प्रभास र श्रद्धा कपुर अभिनित फिल्म ‘साहो’ ले तीन सातामा भारतमा मात्र करिब ३ सय करोडको आम्दानी गरेको बताइएको छ।
बक्सअफिस इन्डियाले दिएको जानकारी अनुसार ४ भाषामा रिलिज भएको यो फिल्मले अहिलेसम्म २ सय ९५ करोड आम्दानी गरिसकेको छ र केही दिनमै फिल्मले तीन सय करोडभन्दा बढी आम्दानी गर्ने छ।
‘साहो’ हिन्दी, तेलुगु, तमिल र मलयालम गरि ४ भाषामा रिलिज भएको थियो। फिल्मको हिन्दी भर्जनले भने राम्रो कमाई गरेको छ। हिन्दी भाषाले १ सय ५० करोड कमाई गरेको र यो अझैं बढ्न सक्ने बताइएको छ।
विश्व व्यापी कलेक्सनको कुरा गर्ने हो भने हालसम्म फिल्मले ४ सय १५ देखि ४ सय २० करोड सम्मको कमाई गरेको छ। फिल्म विश्वमा सर्वाधिक कमाई हुनेमा १४ औं नम्बरमा पुगेको छ।