सलमानको घरमा प्रहरीको छापा

तस्बिरः एजेन्सी

बलिउडका चर्चित अभिनेता सलमान खान घरमा काम गर्ने कामदारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।२९ वर्षदेखि प्रहरीको खोजीमा रहेका ६२ वर्षीय शक्ति सिद्धेश्वर राणा विगत १० वर्षदेखि सलमानको घरको रेखदेख गर्दे आएका थिए।

मुम्बई प्रहरीको सक्रियतामा गोराईस्थित सलमानको बंगलाबाट राणालाई पक्राउ गरिएको हो। उनीमाथि चोरी र कुटपिटको आरोपमा उजुरी दर्ता भएको थियो।

उजुरी पर्नासाथ पक्राउ भएका राणा जमानतमा रिहा भएपछि फरार भएका थिए। फरार राणा सलमानको घरमा काम गर्दै आएका थिए। राणा त्यहाँ रहेको जानकारीपछि मुम्बई पुलिसको अपराध शाखाले छापा मारी पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2019-10-13 11:48:41

प्रतिकृया दिनुहोस्