‘लाइभ एक्टिङको मजा बेग्लै। काठमाडौंमा पुगेपछि थिएटर छिरेन भने के के छुटेजस्तो, के के नपुगे जस्तो लाग्छ,’ थिएटर अनुभव भएका धेरैले यस्तै भन्छन्।
यदि कोही काठमाडौंमै छ भने ऊ प्रचारप्रसारकै आधारमा थिएटर जान सक्छ। त्यसबाहेक देशका अधिकांश सहरहरुमा थिएटरको अभ्यास देखिन्न।
यस्तो अवस्थामा कर्णालीमा थिएटरको तयारी भइरहेको छ भन्ने सुन्यो भने सितिमिति पत्याइदैन। तर, कर्णालीमा थिएटरको अभ्यास भइरहेको छ।
२०६५ सालमा कर्णाली, ‘कर्नाली दख्खिन बग्दो छ’ नामको नाटक लिएर मुगुको टिम काठमाडौं पुगेको थियो। नाटकले काठमाडौंलाई कर्णाली सुनायो, चिनायो। त्यसले १८४६ पछिको कर्णाली र शासकीय दृष्टिमाथि दरो प्रहार गर्यो। बुझ पचाएका शासकको दिमागमा ढ्यांग्रो ठोक्यो।
‘कर्नाली दख्खिन बग्दो छ’ को अपार सफलता पछि कर्णालीको दु:ख सुनाउनलाई मात्र होइन त्यसको सम्भाव्यता देखाउन पनि 'सुइना कर्नालीका (कर्णालीका सपना)' लिएर काठमाडौं पुग्यो।
विशेषत: १८४६ को षड्यन्त्रपूर्वक भएको हमलामा राज्य गुमाउँदादेखि नै रोक, भोक र अशिक्षाको पर्याय कर्णालीको परिचय बनाइएको बेला स्रोत साधनको सही व्यवस्थापन र परिचालन भयो भने कर्णाली नभएर काठमाडौं मगन्ते हुने व्यङ्ग्य गर्न सफल भएको थियो, 'सुइना कर्नालीका।'
कर्णाली पहिलो पटक थिएटरको माध्यमबाट काठमाडौं पुगेको एक दशकपछि मात्र 'गर्भ छिटा' पुग्यो। त्यसका लेखक तथा निर्देशक थिए मुगुका हिरा बिजुली नेपाली। उनकै लेखन तथा निर्देशनमा बनेको थियो 'पम्फा फूल'। यी दुबै नाटक काठमाडौंमा पुगेर मञ्चन भएका थिए ।
'पम्फा फूल' गएको असारमा संगीत एकेडेमीले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सवको अवसरमा सर्वनाम थिएटरमा प्रदर्शन गरिएको थियो। हिरा बिजुलीका दुबै नाटकमा मुख्य भूमिकामा थिए, जुम्लाका गोविन्द सुनार। नाटक काठमाडौं पुर्याएर उत्साहित भएका उनी अब कर्णालीमा पनि थिएटर प्रयोग गर्न लागेका छन्।
जुम्ला खलंगाको किनाराको बस्ती 'कामी टोल' का गोविन्द अभिनय गर्न रूचाउँछन्। अध्ययन गर्छन्। कहिलेकाहीँ लेख्छन् पनि। काठमाडौंमा पढ्न गएका उनले बिए पढ्दा पढ्दै थिएटर जोइन गरेका थिए।
थिएटरमा उचो छबि बनाएका सुनिल पोखरेलले उनको आर्थिक अवस्था बुझेपछि नि:शुल्क सिकाए। उनी त्यतिमा सन्तुष्ट भएनन्। सन्तोष हर चिजको शत्रु हो भने जस्तै थप सिक्न अरु थिएटर पनि धाए। त्यसपछि लगभग सबैले उनलाई नि:शुल्क सिकाए।
थिएटरमा उनले जुन खालको अभ्यास गरे त्यसले उनलाई औधि खुसी मिल्यो। त्यहीँ उनले जीवन र जगतलाई हेर्ने नयाँ आँखा पाएको महसुस गर्न थाले। घर परिवारको चाहना पढेर जागिर खाओस् भन्ने थियो। त्यही अनुसार उनले काम पनि गरेका हुन्। पोष्ट राम्रै थियो। तर उनको मन त्यहाँ अडिएन। थिएटरमै जीवन देखेका उनलाई जागिर जेल जीवन जस्तो लाग्यो। त्यसपछि उनी पु:न थिएटरमै फर्के। सिक्दै गर्दा उनीसँग पैसा हुँदैन थियो। तर, पनि सन्तोष थियो। त्यसले शरीरमा उर्जा थपिरहको थियो। त्यही उर्जाका कारण उनी जुम्लीहरुलाई पनि थिएटरको स्वाद चखाउन चाहन्छन्। जुन स्वाद पहिलो पल्ट उनले 'काठमाडौंमा चरनदास चोर होइन' हेर्दा चाखेका थिए।
पहिलो पटक थिएटरको अभ्यास गर्दाका कठिनाइहरु उनले नबोले पनि बुझ्न सकिन्छ। जुम्लामा कुनै नाटक घर छैन। नाटकको लागि भनेर बनेका हलहरु पनि छैनन्। भएका हलहरु पनि थिएटर बनाउन मिल्ने खालका छैनन्। तर, पनि निर्माण व्यवसायी संघको हलमा बल्लतल्ल नाटक मञ्चन गर्ने मिल्ने गरी बनाइएको छ, थिएटर।
मुख्य खलनायक पात्रको रूपमा देखिएका गोविन्द सुनार बाहेक अरु सबै नयाँ पात्र हुन्। नयाँमा केही सडक नाटक खेलेका पनि छन्। तर तीनको थिएटर अनुभूति छैन। यी सबैलाई थिएटरको फर्म्याटमा अभिनय गर्न लगाउनु फलामको चिउरा चपाउनु जस्तै हो।
त्यस्तै दुर्गादेवीले दोस्रो कारण दिलिपले प्रहरीमा दिएको साविति बयानलाई देखाएकी छिन्। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) बाट डिएसपी अंगुर जिसिको नेतृत्वमा गएको टोलीले दिलिपसँग बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेका थिए। तर, प्रहरीले बयान लिएको भिडियो गोप्य राखेको थियो। भिडियो सार्वजनिक भइसकेपछि आफूले हेरेकाले दिलिपप्रति शंका लागेको बताएकी छिन्। Details
कथाकी मुख्य पात्र पम्फाको भूमिकामा रहेकी कृष्णमाया भक्री समग्र अभिनयमा नयाँ हुन्। तर उनी उत्साहित छिन्। भन्छिन्, 'मैले सकेको गरेकी छु। बाँकी सबै दर्शकहरुकै हातमा छ। उहाँहरुले मन पराइदिनुभयो भने म आगामी दिनमा अझ राम्रो गर्नेछु,' यति भन्दै गर्दा उनी मुसुक्क हाँसिन्।
नाटकमा आमाको भूमिका निभाइरहेकी भावाना बुढासँग सडक नाटकको अनुभूति छ। थिएटरको सवालमा उनी पनि काच्चै हुन्। तर उनको भोगाइ परिपक्क छ। त्यसैले भन्छिन्, 'गाह्रो केही छैन। अनुभव नयाँ हुँदैछ। खुसी छु। आगमी दिनमा थिएटरका लागि थप कोशिस गर्नेछु।'
कथाका सबै पात्रका फरक फरक अनुभूतिहरु छन्। सबै खुसी छन्। उनीहरुले दर्शक खुसी बनाउन त बाँकी नै छ। त्यसैले सबैको एकै स्वर छ, 'हामी दर्शक कुरीरहेका छौं।'
लाइटिङ मिलाउनको लागि भुपीन सेजुवाल र सागर मल्ल पनि अनुभवी होइन तर उनीहरु दुबैजना भन्दैछन्, 'सकेसम्म अलमल नहुनेगरी तयारी गरेका छौं। मिलाउने कोशिस गर्ने छौं।'
नाटकको शीर्षक सन्दर्भमा भन्दा 'पम्फा फूल' सेतो र आकर्षक खालको हुन्छ। जो पानीमा फुल्छ र मध्य पहाड तथा तराईमा पाइन्छ।
नाटकमा 'पम्फा फूल' भ्रमको प्रतीक हो। यद्यपि 'पम्फा फूल' कथाकी मुख्य पात्र पम्फाको फेवरेट हो। ऊ त्यसका लागि मर्न पनि तयार हुन्छे।
पूर्णिमाको रातमा देखिने 'जुन' रारा दहमा जस्ताको तस्तै देखिन्छ। पम्फा त्यसैलाई 'पम्फा फूल' सम्झिन्छे। ऊ त्यो प्राप्त गर्न चाहन्छे। उसलाई जसरी पनि मार्न चाहेको उसको दाइ (नाटकको मुख्य खलपात्र) ले 'जुन' को छायाँलाई 'पम्फा फूल' हो भनी टिप्न पठाउँछ र पम्फा टिप्न जाँदा त्यहीँ डुबेर मर्छे।
जुम्लाको एउटा होटेलमा पाइला मात्र के टेकेको थिएँ भेट भयो तीन जना अमेरिकनहरूसँग। साथमा थिए एक नेपाली ठेकेदार पनि। ठेकेदार यस अर्थमा कि क्रिश्चियन धर्म प्रचारका लागि स-सानो पसल थापेका रहेछन् नेपालगञ्जमा तिनले। Details
पम्फालाई मार्नुको कारण उसको बिहेमा बाआमाले दिएका गरगहना प्रति डाहा हुन्छ। त्यसैले ऊ ती सबै खोस्न चाहन्थ्यो। खोस्छ पनि। त्यसको फलस्वरूप उसले सबै आफन्त नातागोताका गुमाउँछ र बुढेसकालमा एक्लो हुन्छ। तसर्थ कथाको सार धन सम्पत्ति सबै बेकार हो भन्ने हुन जान्छ।
पम्फा मारिन्जेल सम्मको दृश्य काठमाडौंका दर्शकले जस्ताको तस्तै हेरेका छन्। त्यसपछि केही दृश्हरु थपिएका छन्। जुन अब कर्णालीमा हुनेले मात्र हेर्न पाउनेछन्। थिएटरको 'थ' नसुनेकाको अर्गानिक अभिनय रहेको नाटकको अर्गानिक स्वाद चाख्न जुम्लामा पहिलो पटक अभ्यास गरिएको थिएटर जानुपर्छ। नछुटाउनुहोस् है!