इन्स्टाग्राममा आफ्नै फोटो पोस्ट गर्दा सुपर मोडल एमिली रतजकोब्सकीविरूद्ध १ लाख ५० हजार डलरको मुद्धा दर्ता भएको छ। एमिलीविरूद्ध मुद्धा पापराजी फोटोग्राफर रोबर्ट ओ निलले दर्ता गरेका हुन्। उनले प्रतिलिपी अधिकारको विषय उठाउँदै सुपर मोडलविरूद्ध मुद्धा हालेका हुन्।
निलका अनुसार एमिलीले उनको फोटो उनीसँग स्विकृति नलिइकनै इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेकी थिइन। उनले एमिलीसँग उनको फोटोबाट भएको आम्दानीको सबै रकम आफूलाई उपलब्ध गराउन पनि माग गरेका छन्।
निलले कुनै कलाकारलाई मुद्धा दायर गरेको यो पहिलो घटना होइन। उनले यसअघि पनि गिगी हदिदविरूद्ध यस्तै मुद्धा दर्ता गरेका थिए।
रोबर्ट ओ निलले २८ वर्षीय एमिलीविरूद्ध आफ्नो इन्स्टा स्टोरीमा ‘मुड फरेवर’ क्याप्सनमा फोटो पोस्ट गरेको आरोप लगाएका छन्। उनले फोटोमा कुनै क्रेडिट नदिएको आरोप पनि लगाए।
गत साता स्टार गायक जस्टिन बिबरविरूद्ध पनि यस्तै आरोप लागेको थियो। जस्टिनविरूद्ध फोटोग्राफर रोबर्ट बारबराले मुद्धा दर्ता गरेका थिए।