मुुम्बईमा दैलेखी नेपालीकाे कला प्रस्तुति

बिएल

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिअन्तर्गत गुजरात–अहमदावाद जिल्ला नडियाद नगर समितिको आयाेजनमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। उक्त सांस्कृतिक कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष जगत बिष्टले गरेका थिए। मूल प्रवाह नेपाली एकता समाजका केन्द्रिय समितिका सदस्य भिमसिंह बिष्टकाे  प्रमुख आतिथ्यमा सुरु भएकाे कार्यक्रममा पश्चिम भारत क्षेत्रीय रक्तिम कलाकारको समूहले प्रगतिशील प्रस्तुति गरेका थिए।  

यसअघि बिष्टले दिप बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। उनले नेपाली समाजको महत्व बारे स्पष्ट पनि पारे। कार्यक्रममा बेदबहादुर कार्की, रमकला काउछामगर, कृष्ण कुँवर, श्रीधर शर्मा, भुवनसिंह धामी, कमला ढकाल, शोभा धामी, बिष्णुमाया शर्मा, बिनिता काउछामगर, हरिसिंह काउछामगर, लव ठाकुर, लक्ष्मी कुँवरको उपस्थिति रहेको समाजले जानकारी दियाे। कार्यक्रम सञ्चालन खगेन्द केसीले गरेका थिए। कार्यक्रममा दैलेखी नेपाली दाजुभाइले कला प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: : 2019-11-05 21:56:26

प्रतिकृया दिनुहोस्