भारतीय फिल्म उद्योगको सबैभन्दा सफल फिल्म ‘बाहुबली’ का प्रभावशाली कलाकार भल्लालदेव राणा दग्गुबातीका बुवा दग्गुबाती सुरेश बाबुको घरमा आयकर विभागले बुधबार छापा हानेको छ।
हैदराबादस्थित रामानायडू स्टुडियोमा प्रहरीसहितको टोलीले छापा हानेको हो। स्टुडियोका मालिक दक्षिणी फिल्म उद्योगका निर्माता सुरेश बाबु हुन्। भारतीय सञ्चारमाध्यमले उनको घरमा पनि छापा मारिएको र महत्वपूर्ण दस्तावेज आयकर विभागले लगेको जानकारी दिएको छ।
सुरेश बाबुले कुनै विज्ञप्ती सार्वजनिक गरेका छैनन्।