उपत्यकाभित्र चोरी तथा डकैतीको आतंक मच्चाउने पाँच जना पक्राउ

सांकेतिक तस्बिर

उपत्यकाभित्र चोरी तथा डकैती गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले बुधवार पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा ताप्लेजुङ फुङलिङदोख घर भएका २० वर्षीय योगेन्द्र मगर, उदयपुर रौतामाइ गाउँपालिका ५ घर भएका १६ वर्षीय योजिस राई, सिन्धुपाल्चोक त्रिपुरासुन्दरि गाउँपालिका घर १६ वर्षीय अमृत गुरुङ रामेछाप चिलाउने घर भएका १५ वर्षीय बिशाल तामाङ र काभ्रेपलान्चोक मुमिडाडा गाउँपालिका १ घर भएका १५ को बिश्राम तामाङ रहेका छन्।

उनीहरु केही समयदेखि उपत्यकाभित्र चोरि तथा डकैती गर्ने काममा सक्रिय रहेको प्रहरीको दावी छ।वृतका डिएसपी उमेश लम्सालका अनुसार उनीहरुले असोज १५ गते बुढानिलकण्ठ ९ एकता बस्ति स्थित सन्तोष रिमालले संचालन गरेको दुप्चेशर मोबाइल, टिभि मर्मत तथा बिक्री केन्द्रमा रातको समयमा सटर फोरेर चोरि गरेका थिए।

प्रहरीले उनीहरुको साथबाट चोरिएको १० थान बिभिन्न ब्राण्डका मोबाइल,तिनमा प्रयोग भएको सिम र ३ थान डिजिटल घडि समेत बरामद गरेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-10-17 14:29:32

प्रतिकृया दिनुहोस्