दाङमा अटाेरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका- ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसी रहेका छन्।

बिहीबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा राति ९ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिए।

दाङ तुलसीपुर- २ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।

उक्त दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर- ७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा घाइते भएका छन्।

उनको नेपालगञ्जमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2024-05-31 07:29:00

प्रतिकृया दिनुहोस्