महागढिमाई नगरपालिकाले करिव १ सय घर टहरा भत्कायाे

बिएल

राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एस.एन.आर.टि.पी) आयोजना अन्तर्गत गंजभवानीपुर बजारका भौतिक संरचना भत्काईएको छ। सडक बिस्तारका तथा सुधारका लागि भौतिक संरचनाहरु भत्काईएको हो।

महागढिमाई नगरपालिकाका ३ का वडा अध्यक्षद्वय चन्दन कुमार साह र उपेन्द्रप्रसाद साहको उपस्थितमा करिव १ सय जत्ति घर टहराहरु स्थानिय प्रहरी प्रशासनको सहयोगमा भत्काईएको हो।

एस.एन.आर.टि.पी आयोजना अन्तर्गत बारा जिल्लाको कलैयादेखी पूर्व मलाहीसम्म सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सो सडक १६ किलो मिटर निर्माण हुने भएकाले गंजभवानीपु,मलाहि र खोपवामा ३ किलो मिटर सडकको कालोपत्रे गर्ने काम बाँकि रहेको छ।

पूर्वाधार विकास कार्यालय, पर्साको सम्पर्क इकाई कार्यालय बाराद्वारा सञ्चालित सो सडकको भौतिक प्रगती ७५ प्रतिशत अर्थात वित्तिय प्रगती पौने ४४ प्रतिशत पुरा भएको एस.एन.आर.टि.पि.का सूचना अधिकारी एवंम इञ्जिनियर दिपक मिश्रले बताए।

कलैयादेखी पूर्व गपुर, बगडमपुर, गडहल, बसतपुरसम्म कालोपत्रे सडकको निर्माण कार्य शतप्रतिशत पुरा भएको उनले जानकारी दिए।

गंजभवानीपुर, मलाही र कोपवा टोलको बजारक्षेत्रमा करिब साढे ३ किलोमिटरको बाटोमा सामान्य विवाद रहेकाले समस्याको समाधानगरी निर्माणको कार्यलाई तिब्रता दिईएको इञ्जिनियर मिश्राले बताए।

२०७३ माघ २३ गते सपना/शिवशक्ति जे.भि.कन्ट्रक्शनले १२ करोड ८१ लाख छ सय ५५.९७ रुपैयामा सो सडक ०७५ बैशाख १७ गते निर्माणकार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो। समयमा सडक निर्माण सम्पन्न नभएपछि पहिलो र दोस्रो म्यादसँगै आउने पुस १५ गते यो प्रोजेक्टको म्याद समाप्त हुने परियोजनाको इञ्जिनियर(डी.आई) संजयप्रसाद साहले बताए।

उता एस.एन.आर.टि.पि.ले १८ फिट भित्र नाला सहितको सडक निर्माण गर्ने प्रस्ताव पेश गरेपनि स्थानीय समितिले ३० फिट भित्रमा नाला सहितको सडक निर्माण गर्ने सहमती गरेका छन्।

निर्माण हुन लागेको सडकको नक्शाअनुसार निर्माण कार्य नभई समितिका नाता, गोता तथा सडकमा पर्ने आफन्तको घरको ठाउँमा काखापाखा गर्ने गरेका कारण निर्माण कार्यमा ढिलाई हुन पुगेको प्राविधिक मोहित साह कानुले बताए।

प्रकाशित मिति: : 2019-11-24 18:21:03

प्रतिकृया दिनुहोस्