एक लाख ५५ हजार साउदी रियालसहित भारतीय नागरिक पक्राउ

बिएल

त्रिभुवन विमानस्थलबाट एक लाख ५५ हजार साउदी रियालसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आसफाक मिर्जा रहेका छन्।

आइतबार काठमाडौंबाट दुबइका लागि प्रस्थान गर्न लागेका मिर्जाले लगेजमा लुकाएर लैजान लागेकाे अवस्थामा उक्त रकम बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ।

उक्त रियाल नेपाली रकम ४७ लाख ३९ हजार हुन आउँछ ।

प्रकाशित मिति: : 2019-11-24 20:24:10

प्रतिकृया दिनुहोस्