‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासंग मुख्य संवैधानिक पद तीन पार्टीलाई मिलाएर बाँड्न प्रस्ताव गरेका छन्।
आइतबार बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्रीसंग प्रचण्ड र नेपालले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये पहिले कांग्रेस, माओवादी र समाजवादीलाई मिलाएर बाँड्ने प्रस्ताव गरेकाे माओवादी केन्द्रको एक पदाधिकारीले जानकारी दिए।
'राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये पहिले कांग्रेस, माओवादी र समाजवादीलाई रोज्न दिने र बाँकी अन्य साना दललाई रोज्ने सहमति गरौँ भन्ने प्रस्ताव आएको छ', माओवादी केन्द्रका ती पदाधिकारीले भने।
बैठकमा सहभागी हुन एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि बालुवाटार पुगेका छन्। नयाँ सरकार निर्माणका लागि सत्ता गठबन्धनमा सहमति जुटाउन खनाल बालुवाटार पुगेका हुन्।
राष्ट्रपतिले नयाँ सरकार निर्माणको लागि दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। गठबन्धनमा सरकारको प्रधानमन्त्री पदमा माओवादी र कांग्रेसको दाबीका कारण सहमति हुन सकेको छैन।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया