
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासंग मुख्य संवैधानिक पद तीन पार्टीलाई मिलाएर बाँड्न प्रस्ताव गरेका छन्।
आइतबार बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्रीसंग प्रचण्ड र नेपालले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये पहिले कांग्रेस, माओवादी र समाजवादीलाई मिलाएर बाँड्ने प्रस्ताव गरेकाे माओवादी केन्द्रको एक पदाधिकारीले जानकारी दिए।
'राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये पहिले कांग्रेस, माओवादी र समाजवादीलाई रोज्न दिने र बाँकी अन्य साना दललाई रोज्ने सहमति गरौँ भन्ने प्रस्ताव आएको छ', माओवादी केन्द्रका ती पदाधिकारीले भने।
बैठकमा सहभागी हुन एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि बालुवाटार पुगेका छन्। नयाँ सरकार निर्माणका लागि सत्ता गठबन्धनमा सहमति जुटाउन खनाल बालुवाटार पुगेका हुन्।
राष्ट्रपतिले नयाँ सरकार निर्माणको लागि दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। गठबन्धनमा सरकारको प्रधानमन्त्री पदमा माओवादी र कांग्रेसको दाबीका कारण सहमति हुन सकेको छैन।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया