फोक्सुण्डो काव्य–यात्रा सुरु

तस्बिरः बिएल

काठमाडौं, ८ असार–डोल्पाको सुन्दर पर्यटकीय गन्तव्य फोक्सुण्डोको प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले ‘फोक्सुुण्डो काव्य–यात्रा २०७६’ सुरु भएको छ । पर्यटन विकासमा समर्पित युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले मुलुकका १५ जना लेखकहरूलाई फोक्सुण्डो घुमाउन लागेको हो ।
यात्रामा अभय श्रेष्ठ, भूपिन, सागर उदास, देवेन्द्र बस्न्यात, गनेस पौडेल, अस्विनी कोइराला, चन्द्र काफ्ले, हेमन यात्री, दिपेन्द्रसिंह थापा, हेमन्त विवश, सुरेन्द्र राना, कृष्णबहादुर नेपाली, कमल खत्री, सेम्दुक लामा र अमृत भादगाउँले छन् । उनीहरू शनिबार नेपालगञ्ज पुगेका छन् ।
काव्य–यात्राले फोक्सुण्डो क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजक संस्थाका अध्यक्ष पवन शाक्यको छ । यात्राकै सिलसिलामा फोक्सुण्डो किनारमा त्यहाँको संस्कृतिमा योगदान दिने चार जना संस्कृतिकर्मीहरूलाई नगद सहित ‘फोक्सुण्डो काव्य सम्मान’ प्रदान गरिने छ ।
यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड छ भने सहयोगीहरूमा शे–फोक्सुुण्डो गाउँपालिका, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, एक्सप्लोर डोल्पो टे«क्स एण्ड एक्सपिडिसन, डेष्टिनेशन डोल्पो ट्राभल एण्ड टे«किङ कम्पनी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र ट्रितेन नोर्बुचे बोन्पो गुम्बा लगायत छन् ।
काव्य–यात्राको संयोजन पत्रकार भादगाउँलेले गरेका छन् । यात्रापछि फोक्सुण्डोको पुस्तक, भिडियो र बुकलेट प्रकाशन गरिने आयोजकले जानकारी दिएका छन् । कन्सेप्ट नेपालले गत वर्ष पनि सुदूरपश्चिमको खप्तडमा कवि तथा लेखकहरूलाई घुमाएको थियो ।

प्रकाशित मिति: : 2019-06-23 12:45:35

प्रतिकृया दिनुहोस्