बेलायतमा 'इन्टरनेसनल एजुकेसन स्ट्राटिजी' सार्बजनिक: सहज हुँदै विद्यार्थी भिसा

Photo: Feweek

युरोपियन युनियनवाट बाहिरिएपछि नयाँ नीतिहरुको निर्माण गर्दै गरेको वेलायतले विद्यार्थी भिसालाई खुकुलो बनाउने भएको छ। यस क्रममा संसारभरवाट बेलायतमा पढ्न आउने विदेशी विद्यार्थीको लागि 'इन्टरनेसनल एजुकेसन स्ट्राटिजीसार्वजिनक गरिएको छ। 

नयाँ नीतिसँगै संसारभरबाट बेलायतमा पढ्न आउँन चाहने बिद्यार्थीलाई दिइने भिसाको नियममा समेत परिवर्तन ल्याइएको बताइएको छ। नयाँ नियमको फाइदा नेपालबाट बेलायत पढन आउँने बिद्यर्थीहरुलाई पनि हुनेछ।

बेलायतले सार्वजिनक गरेको नयाँ भिसा नियमअनुसार स्नातक पढाइ सकेका बिद्यार्थीले पढाइ सकेको ६ वर्षसम्म बेलायतमै वसेर काम गर्न पाउने छन्। पढाइ सकिनु ३ महिना अगाडि बिद्यार्थीले काम पाएमा बिद्यार्थी भिसालाई काम गर्न पाउने भिसामा बदल्न पाउँने प्रावधान पनि नयाँ नीतिमा समेटिएको छ।

युनिभर्सिटी युके इन्टरनेशनलका निर्देशक विविटन स्ट्रन भन्छन्- 'इन्टरनेसनल एजुकेसन स्ट्राटिजीको मुल उद्धेश्य संसारभरका विद्यार्थीलाई पढाइका लागि बेलायतमा आकर्षित गराउनु हो।'

प्रकाशित मिति: : 2019-03-17 04:58:04

प्रतिकृया दिनुहोस्